Search

भीमेश्वर नगरपालिकाको समन्वय र परोपकार महिला साकोसको आयोजनामा आधारभुत ब्युटिपार्लर तालिम सम्पन्न

भीमेश्वर नगरपालिकाको समन्वय र परोपकार महिला साकोसको आयोजनामा आधारभुत ब्युटिपार्लर तालिम सम्पन्न

अजय प्रधान,
बाँपीझ्यााला, दोलखा ।
भीमेश्वर नगरपालिकाको समन्वय र परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड दोलखाको आयोजनामा सञ्चालन गरेको ३ महिने आधारभुत ब्युटिपार्लर तालिम सदरमुकाम चरिकोटमा मंगलबार सम्पन्न भएको छ । संस्थाको अध्यक्ष शर्मिला सापकोटोको सभापतीत्व र भीमेश्वर नगरपालीकाका उप–प्रमुख कमला बस्नेतको प्रमुख आतिथ्यमा समापन कार्यक्रम सम्पन्न भएको थियो ।


उक्त समापन कार्यक्रममा सहभागी १० जना महिलाहरुलाई नगर उप –प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी कमला बस्नेतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । समापन शुभकामना मन्तव्यको क्रममा उपप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बस्नेतले सहभागी महिलाहरुले हासिल गरेको सिपलाई व्यवहारमा प्रयोग गर्न र व्यवसायी बन्नु पर्ने बिचार व्यक्त गर्नु भएको थियो । साथै आगामी दिनहरुमा संस्थाले महिलालाई उद्यमी बन्न सहयोग पुग्ने किसीमका कार्यक्रम सञ्चालन गर्दा सधै भीमेश्वर नगरपालिकाले सहकार्य गर्न तयार रहेको समेत बताउनु बताउनु भयो ।


यसै गरी संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले संस्थाका सदस्यहरूलाई सीपमा दक्ष बनाई, व्यवसायमा लाग्न प्रेरित गर्दै आय आर्जन गरी आर्थिक विकास गर्न र आत्मनिर्भर बनाउने अभियानमा उक्त संस्थाले आवश्यक सहयोग गर्न सधै तयार रहको बताउनु भयो । उक्त कार्यक्रममा संस्थाका संचालक समिती, लेखा समिती र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment