Search

फिफा विश्वकप छनौटमा मंगोलियाविरूद्ध जापानको १४ गोल

फिफा विश्वकप छनौटमा मंगोलियाविरूद्ध जापानको १४ गोल

१८ चैत, बाँपीझ्याला, काठमाडौँ । फिफा विश्वकप छनौट अन्तर्गत जापानले मंगलियालाई लज्जास्पद तवरले हराएको छ । मंगलबार भएको खेलमा जापानले मंगोलियालाई १४-० ले पराजित गरेको छ ।

जापानको फुकुदा देन्सी एरिना रंगशालामा जापानलाई जित दिलाउन युया ओसाकोले ह्याट्रिक पूरा गरे । यस्तै शो इनागाकी, जुन्या इतो र क्योगो फुरुहाशीले २/२ गोल गरे ।

ताकुमी मिनामिनो,दैची कमाडा, हिदेमासा मोरिता र ताकुमा असनोले १/१ गोल गरे । मंगोलियाका तुयाले एक आत्मघाती गोल गरे ।

जितसँगै समूह एफ को जापानले ५ खेलमा १५ अंक जोडेको छ । शीर्ष स्थानको जापानले पाँच खेलमा शतप्रतिशत जित निकालेको छ ।

३ अंक जोडेको मंगोलिया समूहको पुछारमा छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!