बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हाल ५३ सङ्क्रमित क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा देशभर ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय सङ्क्रमित छन् ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
+ There are no comments
Add yours