Search

दोलखामा २५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम

दोलखामा २५ गतेबाट स्वास्थ्य विमा कार्यक्रम

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
नेपाल सरकारले यस आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न थालेको छ । यसै गरी दोलखा जिल्लामा पनि यही चैत २५ गतेबाट लागु हुने भएको छ । जिल्लाको दुई नगरपालिका र सात गाउँपालिका गरि ९ वटै स्थानीय तहका ७४ वटै वडामा स्वास्थ्य विमा कार्यक्रम लागु जानकारी प्राप्त भएको छ ।


स्वास्थ्य बिमा लागु गराउन दोलखामा अभिमुखीकरण तालिम समेत सञ्चालन हुन थालेको छ । दोलखाको वैतेश्वर गाउँपालिकामा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला तथा स्वास्थ्यकर्मीहरुको लागी स्वास्थ्य बीमा सम्बन्धि एक दिने अभिमुखिकरण तालिम सोमबार सम्पन्न भएको छ ।


नेपाल सरकार स्वास्थ बिमा बोर्ड, टेकु काठमाडौ र वैतेश्वर गाउँपालिकाको संयुक्त आयोजनामा संचालन भएको उक्त तालिममा वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरु र शाखाप्रमुखहरु, स्वास्थ्य चौकी ईन्चार्जहरु, वडा सचिव गरी ३० जनाको सहभागीता रहेको थियो ।
स्वास्थ बीमा बोर्ड वागमती प्रदेश स्वास्थ संयोजक सिर्जना पौडेल र स्वास्थ्य विमा टेकुमा कार्यरत रिना लामिछानेले कार्यक्रमको सहजिकरण गर्नुभएको कालिञ्चोक सहकर्मी प्रविण कुमार खतिवडाले जानकारी दिनुभयो ।


“तपाईंको स्वास्थ, हाम्रो अठोट” भन्ने मुल नाराका साथ २०७२ साल चैत २५ गते सुरु भएको स्वास्थ विमा कार्यक्रम हाल नेपालका ६९ जिल्लामा संचालन भएको छ । ८ जिल्ला बाकी रहेकोमा काठमाडौ र ललितपुर बाहेक दोलखा जिल्ला सहित ६ जिल्लामा यहि चैत २५ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागू हुदैछ ।


स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन चाहनेले पाँच जना सदस्य सहितको परिवारले बीमा शुल्क वापत प्रत्यक वर्ष ३ हजार ५ सय रुपैयाँका दरले शुल्क बुझाउनुपर्ने छ भने अतिरिक्त सदस्यले ७ सय रुपैयाँका दरले शुल्क बुझाउनु पर्ने छ ।


बिमा परिचयपत्रको आधारमा बीमाका सदस्यहरुले तोकेको कुनै पनि अस्पतालबाट वार्षिक २० हजार देखि २ लाख रुपैयाँ सम्मको अस्पताल भर्ना, ओपीडी सेवा, इर्मजेन्सि, ल्याब उपचार, औषधि, फार्मेसी परामर्श लगायतका उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment