बाँपीझ्याला, एजेन्सी । सन् २०२० अभिनेत्री रिया चक्रवर्तीका लागि निकै खराब वर्ष रह्यो । अब उनी यस्ता कुराबाट बाहिर निस्कने कोसिस गरिरहेकी छिन् । रिया चक्रवर्ती निकै लामो समयदेखि सोसल मिडियामा सक्रिय छैनन् । उनले मार्च ८ मा अन्तरराष्ट्रिय महिला दिवसको दिनमा पहिलो पटक एउटा पोस्ट सेयर गरेकी थिइन् । अब यसपटक रियाले आफ्नो इन्स्टाग्राम ह्यान्डलबाट एउटा पोस्ट साझा गर्दै आफ्नो तस्बिर सेयर गरेकी छिन् ।
नायिकाले सार्वजनिक गरेको पोस्टमा ‘सांड की आंख’ की निर्मात्री निधि परमार र रिया बेडमा पल्टिरहेको देखिएका छन् । यी दुईले आफ्नो हातले हार्ट शेप बनाएका छन् । यो फोटो सेयर गर्दै रियाले अमेरिकी लेखिका राबर फुल्गमको एउटा कोट क्याप्सन बनाएर लेखेकी छिन्, ‘प्रेम नै शक्ति हो, प्रेम यस्तो फेब्रिक हो जुन कहिल्यै खुइलिँदैन चाहे त्यसलाई पीडा र समस्याको पानीले जतिसुकै धोइयोस् ।’