Search

आँचल र वर्षाको झगडापछि बले र पुष्पले मागे ‘ब्रेकअप’ (भिडिओ)

आँचल र वर्षाको झगडापछि बले र पुष्पले मागे ‘ब्रेकअप’ (भिडिओ)

बाँपीझ्याला, काठमाण्डौं । करिब ७ महिना अगाडि रिलिज भएको गीत ‘माया गरौंला’ गीतलाई दर्शकले असाध्यै माया गरेका थिए। सरोज ओली र अस्तिमा अधिकारीको आवाजमा रहेको यो गीतले युट्युबमा १ करोड ४३ लाख भ्यूज पाइसकेको छ।

आज बिहिबार त्यही चर्चित गीतको दोस्रो भाग ‘माया गरौंला २’ (ब्रेकअप) सार्वजनिक भएको छ। किरण भुजेल र समीक्षा अधिकारीको आवाज रहेको गीतमा तिलक चन्दको शब्द र कृष्ण भारद्वाजको संगीत छ। गीतलाई जीवन बडूले एरेन्ज गरेका छन्।

गायक सरोज ओलीकै निर्देशन तयारमा निर्माण भएको गीतको भिडियोमा पुष्प खड्का, वर्षा राउत, सागर लम्साल, बले र आँचल शर्माको अभिनय देख्न पाइन्छ।

विक्रम स्वारको कन्सेप्ट कोरियोग्राफी रहेको भिडिओ नवराज उप्रेती र उनको समूहले खिचेका हुन्। भिडियोमा सुवर्ण दुलालको सम्पादन छ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment