बाँपीझ्याला, एजेन्सी । फिफा विश्वकप २०२२ कतारको युरोपियन छनोटमा स्पेनले रोमाञ्चक जित हात पारेको छ। स्पेनले आइतबार राति भएको खेलमा जर्जियालाई २-१ गोलले पराजित गर्यो।
समूह ‘डी’ को खेलको ४३ मिनेटमा काभारात्खेरियाले गोल गर्दै जर्जियालाई अग्रता दिलाए। ५६ मिनेटमा स्पेनका फेरान टोरेशले बराबरी गोल फर्काए। दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि स्पेनले २-१ को रोमाञ्चक जित हात पार्यो।
समूह ‘डी’ को खेलमा फ्रान्सले काजकिस्तानलाई २-० गोलले पराजित गरेको छ।
समूह ‘आई’ मा लगातार दोस्रो खेलमा जित हात पार्ने क्रममा इंग्ल्यान्डले अल्बानियालाई २-० गोलले नै पराजित गर्यो। इंग्ल्यान्डको जितमा ह्यारी केनले ३८ मिनेट र माउन्टले ६३ मिनेटमा गोल गरेका थिए।
यता समूह ‘सी’ मा पनि इटालीले लगातार दोस्रो खेलमा जित निकालेको छ। इटालीले दोस्रो खेलमा बुल्गेरियालाई २-० गोलले हरायो।