Search

वातावरणमा प्रतिकूल असरमा काठमाडौं परिवेश

वातावरणमा प्रतिकूल असरमा काठमाडौं परिवेश


बालकृष्ण श्रेष्ठ “पासा”
केही दिन यता काठमाडौंका अधिकांश क्षेत्रमा अन्य क्षेत्रको तुलनामा अधिक परिवर्तन आएको छ वातावरणमा । एकातिर खडेरीको कारणले जंगलमा झारपातहरु पूर्णरूपमा सुक्नेबेला अर्कोतिर जानेर वा नजानेर बनजंगलमा डढेलो लाग्नु लगाईनुले पनि हावाको बहाव संगै धुआँ चारैतिर फैलिएर जानुले पनि वातावरणमा प्रतिकूल असर पर्नु अस्वाभाविक होइन, अझ सडकमा राखिएका गिटी बालुवा र माटो हावाहुरीले उडाएर वायुमण्डलमा मिसाई दिंदा र पहाडी भूभागमा बनेको सडकमा फैलिएको धुलो माटो समेतको कारणले पनि वातावरण धमिलिएर प्राणीको श्वासप्रश्वास कार्यमा तीव्र असर परेको छ, यतिबेला यसको रोकथाम गर्नको लागि हरेकले गहिरिएर सोच्नुपर्ने बेला आएको छ ।

एकातिर पश्चिमी उष्ण वायुको प्रभाव अर्कोतिर जताततै डढेलो लाग्नुले पनि मौसममा फेरबदल हुनु स्वभाविक हो, अहिलेको वातावरणीय प्रभावले कोरोनाको प्रत्यक्ष असर देखिएको बारे मौसमविद र वातावरणविदहरुले विभिन्न तर्क निकाले पनि शहरी क्षेत्रमा प्रतिकूल प्रभाव परेको छ ।

एक्कासि घाँटी चिलाउनु, सास फेर्न कठिन हुनु, आँखा पोल्नु र बान्ता होला जस्तो लक्षणले मानवमा सन्त्रास फैलिएको छ, न भनेको बेलामा उपचार गर्न सकिन्छ, न चाहिएको ठाउँमा सम्बन्धित अस्पताल उपलब्ध छ, सरकारले तोकिएकै अस्पतालमा गएर उपचार गर्दा धेरै भिडभाडले गर्दा तुरुन्तै उपचार गर्न असमर्थ हुन्छन् ।

ग्रामिण ईलाकामा भएको सामान्य स्वास्थ्य चौकीमा पर्याप्त औषधि र।डाक्टरको मारमा परेको छ पीडित बिरामीहरू, जस्तो कि काठमाडौंबाट २५–३० किमि दूरीमा रहेको जहरसिं पौवामा रहेको स्वास्थ चौकीमा सामान्य उपचार हुन्छ तर आवश्यकताअनुसारको औषधिको अभावको कारणले काठमाडौं धाउन बाध्य हुनुपरेको छ, सवारीसाधन हुनेहरूलाई त केही सहज होला तर कमजोरी आर्थिक अभावले झेलिरहेकाहरुलाई कठिनाई भोग्नुपरेको छ, यहाँसम्म कि एम्बुलेन्समा लानको लागि समेत धौधौ परेको हुन्छ, स्थानीय सामाजिक अभियन्ताहरुले सहयोग त गर्छन् नै, केही गरि त्यस्तै महामारीको प्रकोप ह्वात्तै बढ्यो भने विषम परिस्थितिले आक्रमण नगर्ला भन्न सकिन्न ।

यस्तो बेलामा अस्पतालको मात्रै कुराले होइन कि आम नागरिकले सोच्नुपर्ने अवस्था आएको छ । वातावरण सम्बन्धि मानवीय जनचेतनामूलक कार्यक्रममार्फत यथाशीघ्र कदम चाल्नुपर्ने समय आएको छ। सडकबाट धुलोको नियन्त्रणका लागि यथासम्भव पक्की सडक बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

उदाहरणका लागि यही जहर्सिंपौवा शहरबाहिरको परिवेश हो तर यहाँको धुलाम्मे वातावरणले रोगले विकराल रुप नलेला भन्न सकिन्न । यतिबेला यो ठाउँको वातावरणीय रुपलाई मध्यनजर राख्दा स्थानीय नागरिकको जनजीवन त्रस्त बन्दैछ, काम गर्नैपर्छ, बजार जानैपर्यो, बरु खेतबारीमा काम गर्नेहरूको स्वास्थ्य ठिक होला, तर सामान्य व्यापार वातावरणका व्यवसाय गर्नेहरूको जनजीवनमा नराम्ररी प्रभाव परिरहेको छ ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!