Search

दोलखामा ईन्जिरियरिङ कलेज खोल्न बागमती प्रदेश मुख्यमन्त्री पौडेल सकारात्मक

दोलखामा ईन्जिरियरिङ कलेज खोल्न बागमती प्रदेश मुख्यमन्त्री पौडेल सकारात्मक

कृष्ण नयन श्रेष्ठ,
फागुन १३ , बाँपीझ्याला, काठमाडौ ।
दोलखा जिल्लाको ऐतिहासिक शहर दोलखामा बागमती प्रदेशको लगानीमा ईन्जिरियरिङ कलेज खोल्न बागमती प्रदेशले सैद्धान्तिक सहमति जनाएको छ । आज भन्दा करिब दशबर्ष अगाडिदेखि दोलखाको समग्र बिकासको लागि जिल्लामा एउटा ईन्जिरियरिङ कलेज खोल्न आवश्यक छ भनी लागिरहनु भएका समाजसेवी तथा बरिष्ठ ई आत्माकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रदेशका माननीय मुख्यमन्त्री डोरमणी पौडेलज्यू संग भेटवार्ताको क्रममा भीमेश्वर नगरपालिका वडा नं २ दोलखा शहर स्थित करण्डीको खाली जग्गामा कलेज स्थापनाको लागि एक अनुरोध पत्र हस्तातन्तरण गर्नु भएको छ ।


बागमती प्रदेश मुख्यमन्त्री पौडेलले आफनो भनाई राख्दै कलेजलाई आवश्यकता अनुसारको जग्गा व्यवस्था भएमा दोलखा शहरमा कलेज बनाउन प्रदेश अत्यन्त सकरात्मक रहेको बताउनु भयो ।

२०६७ सालमा स्थापित दोलखा इन्ष्टिच्युट अफ टेक्नोलोजीका संयोजक बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको सक्रियतामा दोलखाको सदरमुकाम चरिकोटमा भएको बृहत भेलाले दोलखामा छलफल गरि जिल्लामा ईन्जिरियरिङ कलेज खोल्ने बारे सर्बसम्मत निर्णय गरिएको थियो । तर त्यतीबेला कलेज खोल्न आवश्यक जग्गा उपलव्ध नभएर कार्यान्वयनको प्रक्रिया अगाडि बढाउन नसकिरहेकोमा अवस्था थियो भने अहिले आएर ऐतिहासिक शहर दोलखाको करण्डीमा पर्याप्त जग्गा उपलव्ध हुने बातावरण भएकोले दोलखामा कलेज खोल्ने अभियानले सार्थकता पाउन लागेकोमा आफू आशाबादी रहेको कुरा समाजसेवी श्रेष्ठ बताउनु हुन्छ ।

आफनो कार्य व्यस्तता बाबजुदपनी बागमती प्रदेश मुख्यमन्त्री पौडले भेटने समय दिएर आफू दश बर्ष अगाडि देखि दोलखामा इन्जिरियरिङ कलेज खोल्ने अभियानमा लागेर हालसम्म गरी आएका कुराहरु रुचीका साथ सुन्नु भएर जग्गा व्यवस्था गर्नुस कलेज खोल्न प्रदेश तत्पर छ भन्ने कुरा बताउनु भएकोमा आफू आफनो टिम अत्यन्त उत्साहित भएको कुरा समाजसेवी श्रेष्ठले बताउनु भयो ।

दोलखामा कलेज स्थापनाको उदेश्यको लागि समाजसेवी श्रेष्ठको नेतृत्वमा हेटौडा जाने टिममा ई.नहेन्द्र प्रधान ,संचारकर्मी कृष्ण नारायण श्रेष्ठ र समाजसेवी शान्त श्रेष्ठको सहभागिता रहेको थियो । यस अवसरमा बागमती प्रदेश मुख्यमन्त्रीज्यू संग भेटवार्ता गराउन आवश्यक बातावरण मिलाउनु हुने प्रदेश नीति तथा योजना आयोगका कार्यवाहक उपाध्यक्ष श्याम कुमार बस्नेत तथा मुख्य मन्त्रीज्यूका राजनैतिक सल्लाहकार जेएन थपलिया प्रति सम्पूर्ण टिमका सहभागी हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!