अजय प्रधान,
बाँपीझ्याला,दोलखा । दोलखा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने विगु गाउँपालिका –७, आलम्पुबाट निमोनिया लगायतका समस्या देखिएर धुलिखेल अस्पताल भर्ना भएका साईला थामीको मृत्यु भएको छ । मृत्युपछि गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका आकस्मिक सेवा विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले बताउनु भएको छ ।
सदरमुकाम चरिकोटस्थित च्छोरोल्पा अस्पतालबाट चैत ११ रिफर गरिएका ६२ बर्षिय साईँला थामीको चैत १२ गते दिउँसो मृत्यु भएको थियो । शंकाका आधारमा परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा. श्रेष्ठले बताए । शुक्रबार नेपाली सेनाको कालीजंग गणले मृतकको अन्त्येष्टि गरेको छ ।
यस बारेमा भीमेश्वर नगरपालीकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्का संग टेलिफोन सम्पर्क गर्दा वहाँले मृतकमा कोरोना भएको धुलिखेल अस्पतालले पुष्टी गरेको छ । त्यसैले मृतक साईला तमाङ संग च्छोरोल्पा अस्पतालमा उपचारको क्रममा संगै रहेका स्वास्थ्यकर्मीहरू र एम्बुलेन्स चालकलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ भनी स्वास्थ्य शाखा प्रमुख खड्काले बताउनु भयो ।