भारतमा संक्रमण वृद्धिमा दैनिक नयाँ रेकर्ड, २४ घण्टामा थपिए वर्षकै धेरै संक्रमित

१३ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित पुष्टि भएको यो संख्या भारतमा यो वर्षकै धेरै हो ।

यसअघि बिहीबार यो वर्षकै दोस्रो धेरै ५३ हजार ४१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १२ लाख ६२ हजार ५०३ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours