१२ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । पाटन ओकुबहालका शाक्य परिवारका तर्फबाट विन्दुराज शाक्य तथा अन्य शाक्य परिवारको विशेष सक्रियतामा मच्छिन्द्रनाथको नमुना रथ दोलखालाई उपहार प्रदान गरिने जानकारी कालिञ्चोक युवा क्लवका निबर्तमान अध्यक्ष गोपाल प्रधानले बताउनु भयो ।
यसै गरी पाटन ओकुबहालका शाक्य परिवारले दोलखाको मच्छिन्द्रनाथको रथमा नयाँ मुर्ति आजभन्दा १२ बर्ष अगाडी हस्तान्तरण गरिएको थियो ।
आदरनिय समाजसेवी पञ्चराज शाक्यको लामो समयको दोलखा बसाईको कारणले गर्दा साँस्कृतीक दोलखा संग सामाजिक र साँस्कृतीक सम्वन्ध त्यसबेला देखि नै रहन्दै आएको र अहिले भावनात्मक सम्वन्ध पनी बढ्दै गएको कारणले गर्दा पाटनका शाक्य परिवारको ऐतिहासिक शहर दोलखा प्रति आकर्षण बढ्दै गएको निबर्तमान अध्यक्ष प्रधानले बताउनु हुन्छ ।
