अजय प्रधान,
बाँपीझ्याला, दोलखा । यही चैत्र १५ गते आईरहेको रंगको पर्व होली सार्वजनिक ठाँउमा सामूहिक होली नखेल्न जिल्ला प्रशासन कार्यालय दोलखाले सर्वसाधारण जनताको जानकारीका सहित अनुरोध गरिएको छ । कोविड १९ को संक्रमण छिमेकी मुलकुहरुमा बढ्दै गएको र खुल्ला सिमानाका कारणले नेपालमा पनी सम्भावित संक्रमणलाई रोकथाम तथा नियन्त्रण र सर्तक गर्न उक्त विज्ञप्ती प्रकाशित गरिएको थाहा भएको छ ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिती २०७७ साल चैत्र ८ गतेको प्रेश विज्ञप्ती तथा नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त निर्देशनलाई मध्यनजर गरी दोलखा जिल्लामा कोविड १९ को संक्रमण फैलिन्न नदिन र फागु पूर्णीमा (होली) मर्यादित सार्वजनिक स्थलमा सामूहिक रुपमा होली नखेली सुरक्षा अपनाउन समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै होली खेल्दा माक्स, सेनिटाईजरको प्रयोग गरी अनिवार्य रुपमा भौतिक धुरी पालना गरी खेल्न समेत अनुरोध गरेको छ । यसै गरी स्थानिय तह, सरकारी कार्यालय, बैङ्क तथा वित्तिय संस्था, सामाजिक संघ–संस्थाहरु लगाएत सबै सरकारी तथा निजी क्षेत्रका कार्यालय, व्यावसायीक उद्योग र प्रतिष्ठानहरुले सेवा प्रवाह गर्दा आवश्यक माक्स, सेनिटाईजर तथा सामाजिक धुरी कायम गर्न समेत उल्लेख गरेको छ ।
भारत या अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई लक्षण देखिएमा तत्काल स्थानिय स्वास्थ्य चौकीमा सम्पर्क गरी परिक्षण गराउन पनी उक्त विज्ञप्तीमा जनाएको छ ।