Search

कर्म सागरमा तैरिएका स्पन्दनहरु !

कर्म सागरमा तैरिएका स्पन्दनहरु !
बालकृष्ण श्रेष्ठ “पासा”

आँखा खोल्छु म देख्छु झ्यालबाट,
बलेसींको पानी बगिदिन्छ नलबाट,
सप्तरंगी किरणकेतु क्षितिज मात्र,
चियाउने रवि र पछ्याउने छवि मात्र ।

अनि पियारी संग गौंथली मिलनमा,
रुखको हाँगामा ढुकुरको जीवनमा,
सलबलाउँदै नियाल्छ मेरा नेत्रहरु,
किन चाहियो र मलाई ती नक्षत्रहरु ।

काकाकुल सरीको वियोगी गाग्री बोक्दै,
उकाली र अोह्रालीमा हिंड्ने जो खोक्दै,
अनि के आश्वासन दिनु मोती सागरको,
जब कि पुछ्ने ह्याउ छैन आँसु नजरको ।

चौबन्दी चोली सिउने कारखाना नै थुनेर,
ओत लाउनुछ भकारी त्यो चोयाको बुनेर,
अनि किन दिनु र ढाडस बनारसी साडीको,
मेटाउनुछ प्यासी तलतल कुवा र झाडीको ।

आफैलाई रोग पाल्दै चूना र सूर्ती माडेर,
किन खोक्नु र जूनतारा टिप्ने फूर्ति पारेर,
एक पेट पाल्न पनि कठिन छ जब चोकमा,
फाइँफुट्टी लगाउनु किन भौंतारिंदै भोकमा ।

मुखले होइन कर्म गरेर पुग्ने हो चन्द्रमामा,
बाह्रै महिना श्रम गर्दा नि जिन्दगी मन्दमा,
खोलामा पानी छैन के ताक्नु र महासागर,
होला उन्नति प्रगति देशैमा चलाए जाँगर ।

…………………………………………
२०७७/१२/११
जोरपाटी, काठमाडौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment