१ चैत्र, बाँपीझ्याला, मसुरीया । राप्ती गाउँपालिकामा रहेका कृषकहरुले एकजुट भएर खेति गर्न सुरु गरेका छन् । राप्ती गाउँपालिका वडा नं ७ मा सिद्धेश्वरी कृषक समुहले पछिल्लो समय ९ कट्ठामा सामुहिक खेति लाई अघि बढाएको छ । थोरै थोरै जग्गा भएका कृषकहरु मिलेर जग्गा भाडामा लिई सामुहिक रुपमा हाल मकैै खेति गरिएको समुहका अध्यक्ष कर्ण बहादुर ज्ञवालीको भनाई छ ।
त्यस्तै वडा नं ६ मा रहेको नव प्रतिभा कृषक सहकारी संस्थाले पनि सामुहिक खेतिलाई अघि बढाएको धेरै समय भएको छ । गरिव विपन्न, मुक्त कमैया लगायतको सहभागितामा कृषक सहकारी स्थापना गरि पछिल्लो समय आलु खेति गरिएको थियो ।
सामुहिक खेति गर्दा र जग्गा चक्ला बन्दि गरि खेति गर्दा उत्पादन खर्च कम लाग्न जाने हुदा आम्दानीमा बृद्धि हुने नव प्रतिभा कृषक सहकारी संस्थाका अध्यक्ष प्रेमलाल चौधरीको भनाई छ ।
नव प्रतिभा कृषक सहकारी संस्था वगरापुरले विधान गर्दा गरि प्रस्तावना समेत दर्ता गरि कृषि ज्ञान केन्द्र घोराहि वाट ५ लाख रुपैयाको अनुदान समेत प्राप्त गर्न सफल भएको छ । टिपीयस आलुको विउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा सहकारीले मन्ग्य आलुका विउ उत्पादन समेत गरेको छ ।
बुधबार टिपीयस आलुको विउ उत्पादनका लागि ५० प्रतिशत अनुदानको सामाजिक लेखा परिक्षण समेत सहकारी संस्थाले सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र घोराहिका प्रमुख बुद्धिराज घिमिरे, बागवानी कृषि अधिकृत बालकृष्ण शाह, राप्ती गाउँपालिका कृषि शाखा प्रमुख महेश अधिकारी, कृषि अधिकृत अनील अधिकारी स्थानिय जनप्रतिनिधि, जागरिक माझ सामाजिक लेखा परिक्षण गरिएको हो ।
टिपीयस आलुको विउ उत्पादनका लागि ६ विघा जग्गा भाडामा लिई खेति गरिएको र सो खेतिका लागि टेलर पावर, स्प्रे टंकी, कोदालि, कुटो, क्यारेट बोरा, विशादि, मल लगायत खरिद गरिएको सामाजिक लेखा परिक्षणमा बताईएको छ ।
राप्ती गाउँपालिकामा मात्र स्थानिय सरकार स्थापना एवं कृषि शाखा आए पश्चात ३१ वटा कृषक समुह दर्ता भएको प्रविधिक बरसाति गडरियाले जानकारी दिनु भएको छ ।