Search

धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरिँदै

धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरिँदै

बाँपीझ्याला, काठमाण्डौं । कारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताए । नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उनले बताए ।

यसलाई पाँच हजार मेट्रिक टन पु¥याउने लक्ष्य राखिएको उनले बताए । अहिले धुलो दूधको प्रयोग मिठाई पसल, डेरी, चकलेट तथा बिस्कुट उद्योगमा मात्र भइरहेको छ । यसको प्रयोग आम उपभोक्तामा गएको छैन । सहसचिव निर्मलले आम उपभोक्तासमक्ष पनि धुलो दूध पु¥याउने तयारी भइरहेको बताए । पाँच हजार मेट्रिक टन उत्पादन भयो भने त्यसले आम उपभोक्तालाई पनि पुग्ने उनले दाबी गरे । अहिले यसको आयातमा पूरै रोक लगाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment