सदरमुकाम चरिकोटमा टेलिफोन सहित एडिएसएल इन्टरनेट सेवा अवरुद्ध

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
सदरमुकाम चरिकोट स्थित भीमेश्वर रंगशाला निर्माणको क्रममा अण्डरग्राउण्ड केवलमा क्षति पुगेको कारणले ल्याण्डलाइन टेलिफोन सहित एडिएसएल इन्टरनेटको सेवा अवरुद्ध भएको छ । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ३ चरिकोटमा भीमेश्वर रंगाशाला निर्माणधिन अवस्थामा छ ।

रंगशाला निर्माण गर्ने सिलसिलामा सडकको सतह मिलाउँदा नेपाल टेलिकम दोलखाले विस्तार गरेको अण्डरग्राउण्ड केवलमा क्षति पुगे पछि ल्याण्डलाइन टेलिफोन र एडिएसएल इन्टरनेटको सेवा अवरुद्ध भएको हो ।


टुँडिखेल मुनि बनाइएको म्यानहोलमै क्षति पुग्दा सदरमुकाम चरिकोटको सात सय ल्याण्डलाइन फोन सेवा अवरुद्ध भएको छ भने पाँच सय एडिएसएल र सात वटा बैँकको लिज लाईन सेवा अवरुद्ध भएको छ ।

सेवा सञ्चालनका लागी १ सय ५० मिटर लम्बाईको ६ वटा तार तार तान्ने काम भईरहेकाले बिहिबारसम्म सबै सेवा सञ्चालन हुने नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले बताउनु भयो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

You May Also Like

More From Author

+ There are no comments

Add yours