१० चैत, बाँपीझ्याला, काठमाडौं। पठाओ नेपाल प्रालिले अफलाइन राइडरलाई निरुत्साहित गर्न पठाओ लेखेको ज्याकेट नलगाइ पठाओ चलाउन अनुरोध गरेको छ । कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
पठाओको अर्को सूचना नआएसम्म पठाओको लोगो झल्कने कुनै पनि कपडा नलगाउन अनुरोध गरेको हो । सूचना बेवास्ता गरी अनलाइन राइडरले ज्याकेट लगाएमा कम्पनीले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
