Search

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स

बाँपीझ्याला, काठमाण्डौं । लोकगायक रामचन्द्र बोगटीको स्वर रहेको ‘नक्कले छातीमा’ बोलको पञ्चेबाजा गीत बजारमा आएको छ । गीतमा लय र शब्द समेत बोगटीकै रहेको छ । ठेट नेपाली पञ्चेबाजा प्रयोग गरिएको गीतमा गायकले विवाह नभएको पीडा समेत व्यक्त गरेका छन् ।

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा सगुन शाही र बिक्रम नेपालीको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

लोक संस्कृतीको संरक्षणका लागि आफूले पञ्चेबाजामा विशुद्ध नेपाली संस्कृतीमय गीतको रुपमा ‘नक्कले छातीमा’ बनाएको गायक बोगटीले बताए ।

Written by 

Related posts

Leave a Comment