Search

दोलखामा होमस्टे घरवास तदर्थ समिती गठन

दोलखामा होमस्टे घरवास तदर्थ समिती गठन

अजय प्रधान,
८ चैत्र, २०७७ बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका दोलखा, दातृ संस्था फोरुट नर्वेको आर्थिक संहयोग र ग्रामीण विकास टुकी संघ चरिकोट, सिविन नेपाल र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाको आयोजनामा यही फाल्गुण ८ गते देखि १० सम्म भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा चम्पूजामा तालिम सम्पन गरिएको थियो ।

भीमेश्वर नगरपालीका चरिकोट दोलखाको आर्थिक सहयोग र कम्युनिटी रुरल डेभलपमेन्ट सोसाईटी नेपाल दोलखाको संयोजनमा १६ फाल्गुण देखि १९ फाल्गुण २०७७ सम्म होमस्टे घरवास अध्ययन, अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरिएको छ ।

यसै गरी २०७७ साल चैत्र ८ गते सिआरडिएस नेपालका अध्यक्ष प्रविण प्रधानको अध्यक्षतामा बसेको सिआरडिएस नेपालको कार्यसमिती र सहभागी दोलखावासीहरु बिच बसेको बैठकको छलफल र निर्णय अनुसार भगवानदास श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय होमस्टे घरवास तदर्थ समिती गठन गरिएको छ ।

जसमा उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा दिपक स्वप्नील श्रेष्ठ, कोषाध्यक्षमा विक्रम श्रेष्ठ, सह–सचिवमा राजेश श्रेष्ठ, सदस्यहरुमा राकेश प्रधान, निरा प्रधान, बिनिता श्रेष्ठ, बबिता श्रेष्ठ, सुवर्ण श्रेष्ठ र जानकी श्रेष्ठ रहेका छन् ।


यस तदर्थ समितीले दोलखामा भई गरी राखेको होमस्टे घरवासलाई व्यवस्थीत गर्न कानूनी प्रावधानको लागि सम्वन्धीत क्षेत्रमा दर्ता, संचालमा रहेका होमस्टे घरवासको बस्तुगत स्थिती अध्ययन लगाएत अन्य बिषयहरुमा अध्ययन गरी तिन महिना भित्र तदर्थ समितीलाई विस्तार गरी अघि बढ्ने तदर्थ समितीका संयोजक भगवानदास श्रेष्ठले बताउनु भयो ।


यसै गरी उपस्थित सम्पूर्ण सहभागीहरुले होमस्टे तालिममा सहभागी भएदेखि अध्ययन अवलोकन भ्रमणसम्मको बारेमा आ–आफुले गरेका भोगेका अनुभवहरुको बारेमा बताउर्दै छलफल गरिएको थियो । यसै गरी जिम्मेवारी र दायीत्व बहन गराउनको लागि सहभागीहरुलाई होमस्टे घरवास तदर्थ समिती गरिएको र यसको फाईदा र आकर्षणको बारेमा सिआरडिएसका अध्यक्ष प्रविण प्रधानले जानकारी दिनु हुर्दै उपस्थित सवैमा धन्यवाद व्यक्त गर्दै अन्तमा बैठक समापन गर्नु भएको जानकारी गराउनु भयो ।

Written by 

Related posts

Leave a Comment