अजय प्रधान,
८ चैत्र, २०७७, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ स्थित टसिचा टोल दोलखामा कुमारी भवन बनाउनको लागि शिलान्यास गरिएको छ । उक्त भवनको शिलान्यास समाजसेवी एवं उद्योगपती लक्ष्मण श्रेष्ठको हातबाट गरिएको छ । २०७२ सालको भुकम्पबाट क्षती भएको उक्त कुमारी भवन पुनर्निमानको क्रममा शिलान्यास गरिएको हो ।
भीमेश्वर नगरपालीका वडा नंं. २ को विशेष पहलमा अहिलेको कुमारी भवनको पुनर्निमाण हुन लागेको र जसको लागि लाग्ने लागत मध्ये हाल वडा संग ९ लाख रकम रहेको र अन्य रकम १२ लाख गरी हाल जम्मा २० लाख जती वडाले व्यवस्थापन गर्ने र सोही अनुसार भवन निर्माणको लागि शिलान्यास गरिएको वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो । उक्त भवन निर्माणको लागि समाजसेवी एवं कालिञ्चोक युवा क्लवका निवर्तमान अध्यक्ष गोपाल प्रधानको संयोजकत्वमा निर्माण समिती गठन गरिएको छ ।

भीमेश्वर नगरपालीका वडा नं. २ निवासी डब्बल बहादुर श्रेष्ठका माईला छोरा समाजसेवी लक्ष्मण श्रेष्ठले भैरब कुमारी जात्रामा सहभागी हुने शिबभक्ति परिवारका सन्तानहरुलाई र उक्त जात्रामा बाजागाजा बजाउनको लागि सहभागी हुने स्थानिय कसाई कसुले परिवारलाई बर्तमान अवस्थामा महंगी भएको कारणले गर्दा गुठीको जग्गा र अन्य श्रोतले मात्र जात्रा संचालनमा कठिनाई हुने भएको अवस्थालाई मध्यनजर गरी वि.सं. २०४९ सालदेखि रु. ५० हजारको अक्षकोष खडा गरी जात्रा संचालनमा सहयोग गरेर आउनु भएको थियो ।
त्यसै गरी आज आफैले शिलान्यास गर्नु भएको कुमारी भवनको पुनर्निमाणको लागि शिलान्यास पश्चात खुसी व्यक्त गर्दै १० लाख एकशय एक रुपैया आफु र आफ्नो परिवारको तर्फबाट सहयोग गर्ने घोषणा गर्नु भएको छ । यसै गरी युवा समाजसेवी एवं साथीको लागि साथीका अध्यक्ष मनोज चाकुबजीले रु. १ लाख, निर्माण कमिटीका संयोजक एवं समाजसेवी गोपाल प्रधानबाट रु. ५० हजार, समाजसेवी एवं कालिञ्चोक युवा क्लवका निवर्तमान स्थानिय संयोजक शुरेस कुमार श्रेष्ठबाट रु. ५० हजार सहयोग गर्ने बताउनु भएको छ ।कुमारी घरको लागि सहयोग कसरी गर्ने ईच्छा भयो भन्ने जिज्ञासामा समाजसेवी लक्ष्मण श्रेष्ठले अगाडी भन्नु हुन्छ, भैरव कुमारी जात्राको बारेमा आफ्नो बडा बाजे, बाजेको विशेष देन भएको सम्झना गर्दै ठाउँ ठाउँमा भैरव कुमारी जात्रा संचालनको लागि जग्गाहरु चढाई दिने, व्यवस्थापन गरि दिने यो सं–सँगै जात्रा संचालन भएको र यस जात्रा पर्वको बारेमा जहिले पनी हामीले जसरी शुरुवात गरेका छौं त्यसै गरी यसको संरक्षण गर्नु पर्छ भनेर भनी रहनु हुथ्यौ ।

यसै गरी भैरव कुमारी जात्रा चलाउने चलन अनुसार ३ बर्ष टँसीचा टोलबाट जात्रा निकाल्ने र ३ बर्ष पिङ्गल टोलबाट जात्रा निकाल्ने परम्परा रही आएको थियो । तर आज भन्दा करिव ३० बर्ष अगाडी टँसीचाको घर भत्क्यो, यसरी उक्त घर भत्की सकेपछी निरन्तर पिङ्गलबाट मात्र जात्रा निकालियो । यसरी जहिले पनी म दोलखा आउँदा मलाई बाल्यकालको सम्झना थियो की टँसिचाबाट पनी कुमारी जात्रा निकाल्ने गर्दथ्यौ जतीवेला सानो हुँदा म मेरो मावाली घर कोर्छेमा बस्ने गर्थे त्यही सम्झना मेरो मानसपटलमा खेली रहन्थ्यौ । यसै क्रममा जव मेरो व्यापार व्यवसाय फष्टन्र्दै अग्रपंक्तीमा लाग्र्दै गएपछी मैले के विचार गरे भने मैले यो कुमारीको घर बनाई दिनु पर्छ भनी सोच तयार गरे र तयार भए सं–संगै कुमारी गुठी दर्ता गरी त्यस्को नाममा करिव ९ लाखको लागतमा घर बनाई दिएको स्मरण गर्नु हुन्छ ।

त्यसै गरी शुरुमा ५० हजारको अक्षकोष खडा गरी दिएको त्यसपछी ३ लाख थप गरेको र उक्त रकमबाट पनी नपुग्ने भएपछी परिवार संग सल्लाह गरी आफ्नो बुबाको सन्तान दाजुभाई र ठुलो बुबाको छोराहरु गरेर ६ भाईहरु बिच भएको सहमती अनुसार कुमारीमा जाने शिवभक्ती परिवार र बाजा बजाउने कसाई, कुसुले लगाएत अन्य व्यवस्थापनको लागि जहिले पनी समस्या भएको कारणले महिनाको एकदिनको परिवारको एक छाक बराबरको रकम उक्त कोषमा जम्मा गर्ने भनिएको भएतापनी अन्य दाजुभाईहरुबाट सहमती अनुसार कार्यान्वयन नभएपनी आफुले भने निरन्तरता दिएको बताउनु हुन्छ ।
यसरी बर्षेनी अक्षकोषमा राखेको रकमको व्याजबाट मात्र खर्च नपुग भएकोले ४०–५० हजार बर्षेनी आफुले थप खर्च व्यहोरेको पनी बताउनु हुन्छ । आफ्नो बडाबाजे, बाजेको देन अनुसार दोलखाको जात्रामात्राहरु मध्ये भैरव कुमारी जात्रापर्व संरक्षणेको लागि आफु र आफ्नो परिवारको चाख रहेकोले उक्त कार्यमा आफु र आफ्नो परिवारको सहयोग रहेको समेत बताउनु हुन्छ ।
यसै गरी जग्गाको स्वामित्वको बारेमा यसरी भन्नु हुन्छ समाजसेवी श्रेष्ठ, शुरुमा घर बनाउने बेला नक्छे प्रधान खलकका मामा, माईज्यूसंग बिवाद आएको थियो तर नक्छेमी खलक मेरो मावाली घर भएकोले मैले सवैलाई सहमती गराउनलाई कुरा गर्न सक्छु र भन्ने छु भनी आटँ बढेको कारणले गर्दा पनी माईज्यु महेश्वरी प्रधान र मामा बैकुण्ठ नारायण प्रधानसँग कुरा गरे त्यतीबेला मामा बैकुण्ठ नारायण प्रधानले ठुलो सहयोग गर्नु भई विवाद मिलाई दिनु भयो । मैले अझसम्म लालपूर्जा देखैको छैन तर कुमारी भवन नाम उल्लेख गरेका छ भनी भन्नु भयो ।

यसै गरी यस बारेमा वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठसंग जिज्ञासा राख्दा वहाँको भनाई अनुसार लाजुपूर्जामा कुमारी भवन उल्लेख गरेको छ र यसको संरक्षकमा जेष्ठ नागरिक डब्बल बहादुर श्रेष्ठ, स्वर्गिय जनकलाल श्रेष्ठ र आनन्दमान प्रधान रहेको बताउनु भयो । यसकारण यस कुमारीको भवन बनाउनको लागि वडाले विशेष पहल गरेको वडाध्यक्ष श्रेष्ठले भन्नु हुन्छ ।
कुमारी भवन पुनर्निमाणको लागि समाजसेवी गोपाल प्रधानको संयोजकत्वमा निर्माण उपभोक्ता समिती गठन गरिएको छ तर पनी यस कार्यलाई पुर्णता दिन र सहयोग जुटाउनको लागि उपत्यकामा एउटा भेलाको आयोजना गरि थप निर्माण कमीटी गठन गर्ने समेत बताउनु भयो ।