Search

चिपको उत्पादन र विश्वव्यापी उपलब्धतामा ह्रास, आपूर्तिमा असन्तुलन, मोबाइल र कार उत्पादकहरुलाई समस्या

चिपको उत्पादन र विश्वव्यापी उपलब्धतामा ह्रास, आपूर्तिमा असन्तुलन, मोबाइल र कार उत्पादकहरुलाई समस्या

६ चैत्र, बाँपीझ्याला, एजेन्सी । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी सामसङले चिपको उपलब्धतामा असन्तुलन आइपरेको बताएको छ। कम्पनीले सेमिकण्डक्टर उद्योगमा ‘गम्भीर असन्तुलन’का कारण चिपको उत्पादन र विश्वव्यापी उपलब्धतामा ह्रास आएको जनाएको छ।

यसैका कारण उसले आफ्नो आगामी ग्यालेक्सी नोटको लञ्च पनि पछि सार्ने निर्णय भएको जनाएको छ।

कोरोनापछिको बजारको कमी हुने भएकाले आर्थिक अवस्था सुस्त गतिमा हुने डर रहेकोले पनि चिप निर्माणका लागि कम अर्डर आएको तर बजार बढ्दै गएपछि यस्तो सम्सया आएको कम्पनीको बुझाइ छ।

विश्वव्यापी रुपमा चिपको आपूर्तिमा कमी भएकाले यूरोपियन यूनियन, अमेरिका तथा चीनले यसको उत्पादन बढाउने प्रयासमा लागिरहेका बुझिएको छन्।

‘विश्वव्यापी रुपमा प्रविधि क्षेत्रमा चिपको माग र आपूर्तिमा गम्भीर असन्तुलन छ’, सामसङका सह-प्रमुख कार्यकारी तथा मोबाइलका प्रमुख कोह दोङ जिनले शेयरहोल्डरहरुको बैठकमा भने, ‘त्यसैले चिपको विश्वव्यापी कमी शत प्रतिशत समाधान भयो भन्न सकिने अवस्था छैन।’

उनले यसै सन्दर्भमा सामसङले यो कमी पूरा गर्न अरु देशका साझेदारहरसँग काम गरिरहेको बताए।

कोरोना महामारीका बेला नै चिप शर्टेजको समस्या देखिएङ्को थियो। त्यतिबेला कार थोरै बिक्री भएकाले उत्पादकहरुले चिनियाँ फ्याक्ट्रीबाट कम्प्युटर चिपको अर्डर घटाए।

चिनियाँ कम्पनीहरुले पनि त्यही अनुसार उत्पादन घटाएर तर जसै कारको विश्व बजार ब्युँतियो तब चिप नपाइए पछि फक्सवागन, होण्डा टोयोटा र जनरल मोटर्सले आफ्ना कारको उत्पादन नै घटाउनुपर्यो।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment