Search

पेटको जलन र एसिडिटी रोक्न गर्मीमा के गर्ने ?

पेटको जलन र एसिडिटी रोक्न गर्मीमा के गर्ने ?

गर्मीका दिनहरूमा के खानुहुन्छ के खानु हुँदैन ? डिहाइड्रेसन, ग्यास्ट्रिकको समस्या, पेट दुखाइ, पेटमा हुने जलन वा एसिडिटी गर्मीको अवधिमा बढ्ने गर्छ । तापक्रम बढ्दै जाँदा हाम्रो शरीरले फरक प्रतिक्रिया गर्छ । त्यसैले हामीले गर्मीको दिनमा खानाका केही चीजहरू त्याग्नैपर्छ । यदि अरू समयमा जस्तै केही खानालाई गर्मीको समयमा पनि जारी राख्नुभयो भने तपाईंको स्वास्थ्य बिग्रन सक्छ ।

तपाईंलाई चिसो पेय पदार्थ, चिसो चीजहरू, दूग्ध उत्पादहरू, तेल मिश्रित खाना, रातो मासु, दूध चिया वा कफी आदिमा कमी ल्याउनुपर्छ । यसको साटो तपाईंले त्यस्ता चीजहरू खानुपर्छ जसले पेटलाई चिसो बनाउँछ। जस्तै, ताजा फलफूल, काँक्रो, नरम पानी आदि गर्मीमा धेरै खानुपर्छ । गर्मीका दिनहरूमा तपाईंले तरल आहारलाई बढाउनुपर्छ। गर्मीमा खान कम गर्नुपर्ने खानाहरू ।

रातो मासु
रातो मासुमा प्रोटिन र फलामको मात्रा अधिक हुन्छ । ग्रीष्मयाममा दिन यसलाई पचाउन गाह्रो हुन्छ। रातो मासु खाँदा शरीरको तापक्रम पनि बढ्छ, जुन गर्मीमा राम्रो हुँदैन । गर्मीमा रातो मासु खाँदा शरीरको धेरै ऊर्जा त्यसैलाई पचाउन जाने भएकोले यसबाट सकेसम्म टाढै बस्नुपर्छ ।

कोल्ड ड्रिंक
सबैलाई गर्मीमा चिसो चिसो पेय पदार्थ मनपर्छ । गर्मी भगाउनको लागि धेरैले चिसो पेय पदार्थ पिउने गर्छन् । चिसो पेयबाट क्यालोरीको मात्रा बढ्दै जान्छ, साथसाथै यसले शरीरलाई डिहाइड्रेट गर्न पनि सहयोग गर्छ । त्यति भन्दैमा यसलाई धेरै पिउँदा यसले असर गर्न सक्छ । त्यसैले बरू चिसो पेय पदार्थको ठाउँमा जुस र नरिवलको पानी जस्ता प्राकृतिक पेय पदार्थतिर धेरै ध्यान दिनु उपयुक्त हुन्छ ।

चिल्लोयुक्त जंक फुड
यदि तपाईंलाई चिल्लोयुक्त जंक फूड खान मनपर्छ भने पनि यो मौसम त्यसको लागि उपयुक्त हुँदैन । गर्मीमा तेलका कारण पेट पोल्ने समस्या हुन सक्छ । गर्मीका दिनहरूमा त्यस्तो खाना खाँदा एसिडिटी एवं छालामा समस्या समेत हुने गर्छ ।

धेरै मसालायुक्त तरकारी
नेपाली परिकारमा धेरै मसलायुक्त खानेकुरा पाइन्छ । तर गर्मी मौसमका लागि यो उपयुक्त खाना भने होइन । यो मौसममा तरकारीमा धेरै मसला, तेल, घिउ राख्नुभन्दा हल्का खुर्सानी, थोरै मसला र थोरै भुटेको तरकारी खानु उपयुक्त हुन्छ ।

दूध चिया एव‌ कफी
दूधचिया मीठो लाग्ने पनि धेरै जना हुन सक्छन् । तर गर्मीमा पेटको स्वास्थ्यको लागि दूधको चियालाई कम गर्नु उपयुक्त हुन्छ । दूध चिया गर्मीमा पिउँदा शरीरमा पानीको कमी हुन्छ । यसबाहेक चिया गर्मीका दिनहरूमा पेटको दुखाइ र एसिडिटीको पनि कारण हुन सक्छ । दूध चिया वा कफीको सट्टा, तपाईं हरियो चिया, कालो चिया, पुदिना चिया आदि पिउन सक्नुहुन्छ।

यसबाहेक विभिन्न दुग्ध उत्पादनहरू पनि यो मौसममा कम गर्नु उपयुक्त हुन्छ । यस्ता दुग्ध उत्पादनलाई उचित हिसाबले उपभोग नगर्दा तपाईंको पेटमा कठिनाइ बढ्न सक्छ । तपाईं गर्मीमा दही खान सक्नुहुन्छ, तर दूध, चीज, क्रिम वा बटरमा फ्याटको उच्च मात्रा हुन्छ । यो बोसो पचाउन गाह्रो छ, जसले गर्दा गर्मीमा ग्यास्ट्रिकको समस्या निम्तिन सक्छ।

गर्मीका दिनहरूमा यी खाद्य पदार्थहरूलाई बेवास्ता गर्दा पेटको समस्या निम्तिन सक्छ । यदि तपाईं कुनै रोगबाट पीडित हुनुहुन्छ भने डाक्टरसँग सल्लाह लिएर आहारसम्बन्धी निर्णय लिन सकिन्छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment