Search

मुडे–चरिकोट सडक अलपत्र पार्ने निर्माण व्यवसायीलाई ७ सय ४ रुपैयाँ सहयोग

मुडे–चरिकोट सडक अलपत्र पार्ने निर्माण  व्यवसायीलाई ७ सय ४ रुपैयाँ सहयोग

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लालाई काठमाण्डौंसँग जोड्ने सडकखण्ड अलपत्र पार्ने निर्माण कम्पनीलाई आज एक रुपैयाँका दरले सहयोग रकम पठाइएको छ । दोलखा जिल्लालाई काठमाण्डौंसंग जोड्ने मुडे चरिकोट सडक निर्माण जिम्मा लिएका निर्माण व्यवसायीलाई रकम पठाइएको छ । पाँच वर्षदेखि निर्माण कार्य अलपत्र पार्ने शंकर माली निर्माण सेवा व्यवसायीलाई सदरमुकाम चरिकोटका स्थानियवासी, व्यवसायी लगाएतले एक एक रुपैयाँका दरले सहयोग रकम उठाई ७ सय ४ रुपैयाँ सहयोग रकम पठाइएको संर्घष समितिका संयोजक चिरञ्जीवी मास्केले जानकारी बताउनु भएको छ ।


करिब १ अरबको ठेक्का लिएर मुडे चरिकोट सडक निर्माण कार्य नगर्ने शंकर माली निर्माण सेवालाई दबाद स्वरुप स्थानीयबाट उठाइएको रकम आजै आयोजना प्रमुख दीप बाराहीलाई बुझाइएको संयोजक मास्केले बताउनुभयो ।


जिल्लालाई काठमान्डौँसंग जोड्ने मुख्य सडकखण्ड चरिकोट मुडे सडकमा कार्यरत ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका सञ्चालक दिपक सापकोटा निर्माण कार्य अलपत्र पारि बेपत्ता भएपछि सडक ढिलाई विरुद्धको संर्घष समितिले एक रुपैयाँका दरले आर्थिक संकलन गरेको हो । फरार ठेकेदारलाई कार्बाहि प्रक्रिया अघि बढाउन आईतबार सम्मको अल्टिमेटम दिएको छ ।

सोमबारबाट दबादस्वरुप कडा रुपमा प्रस्तुत हुने मुडे चरिकोट सडक संर्घष समितिले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!