भारतमा २४ घण्टामा २८ हजार ८६९ जनामा संक्रमण, १८७ को मृत्यु

०४ चैत्र, बाँपीझ्याला, काठमाण्डौं । भारतमा १ करोड १४ लाख ३८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २८ हजार ८६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १४ लाख ३८ हजार ८६९ पुगेको छ ।


पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९ पुगेको हो ।


यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ४३ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३६ हजार ८ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours