Search

महिला विकास सचेतन केन्द्र दोलखाले सदस्यहरुलाई ड्रेस वितरण

महिला विकास सचेतन केन्द्र दोलखाले सदस्यहरुलाई ड्रेस वितरण
संरक्षक सकुना श्रेष्ठ

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
महिला विकास तथा सचेतन केन्द्र दोलखाले आज एक कार्यक्रमको आयोजना गरी आफ्नो सदस्यहरुलाई एक्कल ड्रेस वितरण गरिएको समाचार प्राप्त भएको छ । समयको अन्तराल सं–संगै भीमेश्वर नगरपालीका वडा नं. २ का विशेषतः दोलखाका महिला दिदिबहीनीहरुमा जागरण बढ्दै आएको छ ।

३५ जना भन्दा बढी महिला दिदिबहीनीहरु एक ठाउँमा केन्द्रित भएर स्थानिय उत्पादन र सिपलाई प्रयोग गर्ने उद्देश्यले नयाँ कार्यको थालनी गर्न लागेको थाहा भएको छ । यसै गरी नयाँ कार्य शुरुवात गर्न लागेकोमा उक्त संस्थामा आवद्ध दिदिबहीनीको क्रियाकलापहरु प्रति समाजसेवी तथा संस्थाका संरक्षक सकुना श्रेष्ठले खुसी व्यक्त गर्नु हुन्छ ।


यसै गरी आफु आफु बिच पारस्परिक सम्पर्क र सहयोगमा रही नयाँ नयाँ कार्यको थालनी गरेमा यसले हरेक सदस्यहरुको आर्थिक बृद्धिमा सहयोग पुग्नुका साथै ऐतिहासिक शहर दोलखाको नाम व्यापारीक क्रियाकलापमा पनी अघि हुनेमा आफु विश्वस्त रहेको समाजसेवी एवं संरक्षणक श्रेष्ठ बताउनु हुन्छ ।

यस कार्यको लागि सम्पूर्ण आवद्ध सदस्यहरु एकभएर अगाडी बढेको खण्डमा भोलीको दिनमा ति महिला दिदिबहीनीहरुको आर्थिक विकासको लागि गरिने क्रियाकलापहरुमा आफ्नो तर्फबाट सक्ने सहयोग गर्ने पनी जनाउनु भएको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment