Search

सनराइज ब्लुचिप फन्डको आधा एकाइ दुई दिनमै बिक्यो, बुधबारसम्म किन्न पाइने

सनराइज ब्लुचिप फन्डको आधा एकाइ दुई दिनमै बिक्यो, बुधबारसम्म किन्न पाइने

०३ चैत, बाँपीझ्याला, काठमाण्डौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लुचिप फन्डको आधाभन्दा बढी एकाइ दुई दिनमै बिक्री भएको छ । बिक्री खुलेको दोस्रो दिन नै कुल एकाइको ५०.६ प्रतिशत बिक्री भइसकेको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार आवेदकले आवेदन दिएका छन् । मंगलबार भएको बिक्रीको रेकर्ड भने आउनै बाँकी छ ।

क्यापिटलले १ चैत (आइतबार) देखि प्रतिएकाइ १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँबराबरको १० करोड एकाइ बिक्रीमा ल्याएको हो । फन्डको १५ प्रतिशत एकाइ कोष प्रवर्धक सनराइज बैंकलाई सुरक्षित गरी बाँकी ८५ प्रतिशत एकाइ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । फन्डमा न्यूनतम १०० देखि अधिकतम १ करोड एकाइका लागि आवेदन दिन सकिने व्यवस्था छ ।


एकाइ खरिदका लागि आवेदन दिन सकिने मिति छिटोमा ४ चैत (बुधबार) का लागि तय गरिएको छ । बुधबारसम्म सम्पूर्ण एकाइका लागि आवेदन नपरेमा मात्र आवेदनको म्याद थपिनेछ, जुन सम्भावना न्यून देखिएको छ ।


यो योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ छ, अर्थात् कोष प्रवर्धकले फन्ड सञ्चालनमा आएपश्चात् आफ्ना एकाइधनीलाई प्रतिवर्ष २२.३८ प्रतिशत लाभांश दिन सक्ने प्रक्षेपण गरेको छ । उच्च प्रतिफलको प्रक्षेपण गरिएकाले पनि फन्डको एकाइमा ढुक्क भएर लगानी गर्न सकिने विश्वास क्यापिटलले दिलाएको छ ।

Written by 

Related posts

Leave a Comment