०३ चैत, बाँपीझ्याला, काठमाडौं । जिल्ला अदालत सुर्खेतले एक महिलालाई बलात्कारको झुठो आरोप लगाएको भन्दै साढे तीन वर्षको कैद सजाय सुनाएको छ। सुर्खेत वीरेन्द्रनगरकी एक ३७ वर्षीया महिलालाई साढे तीन वर्ष कैद सजाय तोकेको हो । जिल्ला अदालत सुर्खेतका न्यायधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने ती महिलालाई साढे तिन वर्षको कैद सजायको फैसला गरेका हुन् ।
ती महिलाले वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक लेखा परीक्षकमा कार्यरत खेमराज शर्माले आफुलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । पहिला बलात्कार गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी ती महिलाले पछि अदालत पुग्दा घटनालाई ‘होस्ट स्टाइल’ गरेको अदालत स्रोतले जानकारी दिएको छ ।
‘पहिला बलत्कार गरेको आरोप लगाउने ती महिलाले पैसा खाएर अदालतमा पुग्दा घटनालाई होस्टस्टाइल’ गरेकी थिइन् ।’ स्रोतले भन्यो,‘आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन् ।’
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले बताए । ‘कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेका छौं ।’ उनले भने,‘कसैलाई झुटा आरोप लगाएर मानहानी गरेकाले अदालतले यो फैसला गरेको हो ।’
महिलाले बलात्कारको आरोप लगाएपछि शर्मा गत असोजदेखि पुर्पक्षका लागि जिल्ला कारागार सुर्खेतमा थुनामा रहेका थिए । अदातलको फैसलापछि शर्मा थुनामुक्त भएका छन् ।
+ There are no comments
Add yours