Search

१५ लाख ५५ हजारले कोभिड –१९ विरुद्धको खोप लगाए

१५ लाख ५५ हजारले कोभिड –१९ विरुद्धको खोप लगाए

बाँपीझ्याला, काठमाण्डौं । नेपालमा कोभिड –१९ (नोवल कोरोना भाइरस) विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा सो संख्यामा खोप लगाएको बताउनुभयाे ।


यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ । अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ । नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।


उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उहाँले स्पष्ट पार्नुभयाे । दुईपटक सम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार खाेप लगाएकाे कार्ड भए विदेशमा जाँदा सजिलाे हुनेछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!