दोलखा जिल्ला तत्कालिन दोलखा गाउँ पञ्चायत वडा नं. ५ कोपान्छे हाल भीमेश्वर नगरपालीका वडा नं. २ कोपान्छेमा बुबा स्वर्गिय कृष्ण बहादुर श्रेष्ठ, आमा सुबर्ण श्रेष्ठको कोखबाट बि.सं. १९९९ साल चैत्र १८ गते जन्मनु भएको जेठी छोरी पूजा श्रेष्ठ हुनु हुन्छ । बि.सं. २००२ सालमा भीमेश्वर नगरपालीका वडा नं. २ थातकोर्छेमा लक्ष्मी बहादुर श्रेष्ठ बैबाहिक सम्वन्ध गाँस्नु भएको श्रेष्ठ त्यतीबेला १४ बर्षको हुनु हुन्थ्यौ ।

५ छोरी, ३ छोराको आमा पूजा श्रेष्ठ हुनु हुन्छ । यसै गरी ४ बुहारी, ५ जना जुवाई, नाती नातीनी २५ जना, पनाती पनातीनी १९ जना, नातिनी जुवाई १० जना हुनु हुन्छ ।

बर्ष ७८ कि जेष्ठ नागरिक पूजा श्रेष्ठ घर गृहस्थीको काममा अझै व्यस्त देखिन्छ । भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा घर भई हाल काठमाण्डौं महानगरपालीका वडा नं. १६ स्थित बालाजु बस्दै आउनु भएका श्रेष्ठलाई अझसम्म पनी काम गर्न उमेरले छेकेको छैन ।

यी जेष्ठ नागरिक श्रेष्ठले आफ्नो घरको छतमा बिशेष लगनशीलका साथ कौसी तरकारी खेती सङ्गै टर्की र बट्टाई कुखुरा पालन गरेर पुर्ण रूपमा स्वस्थ रहेको वहाँको कान्छा छोरा शान्त श्रेष्ठले बताउनु हुन्छ ।
आफ्नो जीवनको यो उमेरमा पनि घरको भान्साको लागि आवश्यक तरकारी साग सब्जी र मासुजन्य पदार्थको परिपुर्ति गर्नुलाई एउटा प्रेरणा लिएर स्वास्थ्य र दैनिक उपभोगका सामान उत्पादन गरेर घर परिवारलाई सघाउने कार्यमा वहाँ व्यस्त देखिन्नु हुन्छ । यसै गरी सम्पूर्ण जेष्ठ नागरिकहरुले वहाँले गरि आउनु भएको कामको सिको गरी आफ्नो दैनिक जिवन व्यथित गर्नको वहाँबाट सिकाई गर्न सक्ने हामीले आशा लिएका छौं ।

माइजु पूजा श्रेष्ठको दिन चरियाले अन्य जेष्ठ नागरिकलाई पनि प्रेरणा मिल्ने छ । १९९९मा जन्मेर २००२मा विवाह भयो भन्ने प्रसंग चाहिँ अलि मिलेन कि ?