Search

मालपोत कार्यालय लहानमा बम विष्फोट, ३ जना घाइते

मालपोत कार्यालय लहानमा बम विष्फोट, ३ जना घाइते

बाँपीझ्याला, काठमाण्डौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । मालपोत कार्यालयको दोस्रो तलामा अज्ञात समुहले बम विष्फोट गराएको प्रदेश–२ प्रहरी कार्यालयका डिआईजी धिरज प्रताप सिंहले बताए ।

विष्फोटमा परेर नायव सुब्बा शिव कुमार यादव गम्भिर घाइते भएका छन् । अरु तिनजना सामान्य घाइते छन् । घाइतेको लाहान अस्पतालमा उपचार भइरहेको छ । विष्फोट गराउनेहरुको खोजी भइरहेको डिआईजी सिंहले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट प्रेशर कुकर बम विष्फोट गराएको थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!