Search

स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ

स्रोत नखुलेको साढे १९ लाखसहित एक जना पक्राउ

बाँपीझ्याला, पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेटबाट सशस्त्र प्रहरीको टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ वर्षीय राजेशकुमार साह छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगंजबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

Written by 

Related posts

Leave a Comment