बाँपीझ्याला, काठमाण्डौं । द्वाल्खा गुठीको संयोजनमा आज मिती २०७७ साल फाल्गुण २९ गते शनिवारका दिन गुठीको अध्यक्ष श्री रुपा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार द्वाल्खा आकस्मीक सहायता कोषको स्थापना गरिएको छ । दोलखा शहरको संघ–संस्थाको ईतिहासलाई नियाल्र्ने हो भने द्वाल्खा गुठी जिल्ला प्रशासन कार्यालय दोलखामा दर्ता रहेको दोश्रो संस्था हो । संस्थापनकालदेखि नै दोलखावासीहरु बिच अग्रणी भूमिका निभाउन सफल हुँदै आएको संस्था द्वाल्खा गुठी हो ।
हुन त द्वाल्खा गुठी भन्दा पहिले कालिन्चोक युवा क्लव, त्यसपछि तिलिन्चो परिवार जस्ता युवाहरुको संस्था पनि नभएको होइन, सबैले आ–आफ्नो ठाउँमा आफ्नै तरिकाले दोलखाको लागि सफल र सबल कार्यहरु गरिंदै आएको हो ईतिहासलाई पनी विर्सनु हुदैन ।
यसै गरी करिव दुई दशक पहिले द्वाल्खा गुठीको संयोजनमा तत्कालिन अध्यक्ष केदारमान सिंह श्रेष्ठको सक्रियतामा, दोलखावासी र शुभचिन्तकहरुको सहयोगमा भीमेश्वर भगवानको खुल्ला मन्दिरको ढुंगाको पर्खाललाई बाहिरबाट छोपी आकर्षक मन्दिर बनाएको अर्को ऐतिहासिकता रहेको छ ।
यसरी मौलिक कला संस्कृति संस्कृतिलाई निरन्तरता दिन अहं भूमिका द्वाल्खा गुठीले निभाएको छ । त्यसै गरी आज द्वाल्खा गुठीको संयोजनमा गुठीका पूर्व अध्यक्ष, समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ संयोजकत्वमा आकस्मीक सहायता कोषको स्थापना भएको छ, यसको लागि हामीले द्वाल्खा गुठी प्रति आभार व्यक्त गर्ने पर्छ ।
उक्त द्वाल्खा आकस्मीक सहायता कोष संचालनको लागि आवश्यक निती नियमहरु बनाउनको लागि द्वाल्खा गुठीका पुर्व अध्यक्ष एवं समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठको संयोकत्वमा ११ सदस्यीय संयोजन तदर्थ उपसमिती गठन गरिएको छ ।
जसमा कानुनी सल्लाहकारमा अधिवक्ता प्रविण प्रधान, सदस्य सचिवमा गुठीका महासचिव उपेन्द्र प्रधान, सदस्यहरुमा गुठीको तर्फबाट अध्यक्ष रुपा श्रेष्ठ, सदस्य प्रकाश श्रेष्ठ, कालिञ्चोक युवा क्लवको तर्फबाट महासचिव अनिलचन्द्र श्रेष्ठ, कोषाध्यक्ष शान्त श्रेष्ठ, द्वाल्खा म्यासमुचाको तर्फबाट अध्यक्ष कलावती श्रेष्ठ, बनारसी सहयोगी हातहरुको तर्फबाट महासचिव दिलिप श्रेष्ठ, छिजी द्वाल्खा डोबरको तर्फबाट सदस्य कल्पना श्रेष्ठ महर्जन र युवा सामाजिक अभियान्ता शंकर जोशी रहेको छ ।
साथै आजको बैठकले संयोजन समितीका संयोजक आत्माकृष्ण श्रेष्ठज्यूले प्रस्तुत गर्नु भएको कोष संचालन नियामावली बारे छलफल गर्दे आगामी दिनमा थप सल्लाह, सुझाव सहित परिमार्जन गरी उक्त नियमावली पेश गर्ने समेत निर्णय भएको गुठीका अध्यक्ष रुपा श्रेष्ठले बताउनु भयो ।
गुँरास क्याफे बालाजुमा भएको उक्त भेलामा दोलखाका स्थानिय समाजसेवी, संघ संस्था प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । संयोजन समितीले उक्त कोष संचालनको लागि निती नियम तयार गरी सकेपछी छिट्टै दोलखावासीहरु बिच बृहत बैठक बोलाई छलफल गर्ने योजना रहेको द्वाल्खा आकस्मीक सहायता कोष उपसमितीका संयोजक गुठीका पुर्व अध्यक्ष एवं समाजसेवी बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठले बताउनु भयो ।