Search

आजको राशिफल – Aajako Rashifal, २०७७ फागुन २९ गते, शनिवार, १३ मार्च २०२१।

आजको राशिफल – Aajako Rashifal, २०७७ फागुन २९ गते, शनिवार, १३ मार्च २०२१।

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

प्रयत्न गर्दा उपलब्धि प्राप्त गर्न सकिनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित दाम प्राप्त हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम पनि बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। मिहिनेतले आर्जेकाे धनमाल सुरक्षामा भने विशेष सतर्कता अपनाउनुहोला। साँझतिर यात्राको प्रसंगमा केही धन खर्चनुपर्ने हुन सक्छ।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। नाम, दाम र इनाम हातलागी हुने समय छ। मिहिनेतले सजिलै दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। साँझदेखि आयस्रोत बढ्नेछन्। स्रोत-साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह

काममा चुनौती सामना गर्नुपरे पनि प्रयत्न गर्दा स्थितिलाई सहज बनाउन सकिनेछ। तर उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप र जिम्मेवारी बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ने हुन सक्छ। विश्वास दिलाएर झुक्याउनेहरूले सताउन सक्छन्। साँझतिर स्थितिमा सुधार आउनेछ र विभिन्न अवसर प्राप्त हुनेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला। समय लागे पनि काममा केही उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले अप्ठ्याराे समयमा पनि फाइदा दिलाउन सक्छ। सुरुमा अरूका लागि जुट्नुपरे पनि साँझदेखि सहयाेगीले साथ दिनेछन्। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट लाभ हुनेछ। व्यवसायमा फाइदा हुनेछ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन रमाइलाे रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यापारतर्फ मनग्य फाइदा उठाउने समय छ। साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य कमजाेर रहनेछ। गोपनीयता बाहिरिनाले समस्या पर्ला।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन्। व्यवसायतर्फ मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिलाे हुने सम्भावना देखिन्छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते

व्यावहारिक समस्याले महत्त्वाकांक्षी याेजना स्थगन हुने देखिन्छ। मिहिनेतकाे नतिजा चित्तबुझ्दाे नआउन सक्छ। स्वास्थ्य कमजाेर रहनेछ भने कामकाे चाप बढ्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। साँझतिर स्थितिमा सुधार आउनाले भविष्यप्रति आशा जाग्नेछ। पहिलेका चुनाैती र समस्या पन्छाउन सफल भइनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु

जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। व्यर्थैमा अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। अध्ययनमा भने सामान्य प्रगति हुनेछ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने पारिवारिक माहाेल बिग्रनाले काम बिग्रने भयले सताउन सक्छ।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले व्यर्थैमा वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने परिस्थिति देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। ठूलो उपलब्धि नभए पनि साँझतिर काम बन्नेछ। आयस्रोत बढ्नेछ भने विवादास्पद जिम्मेवारी पार लगाउन सकिनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द

समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटकाे आनन्द प्राप्त हुनेछ। साँझतिर भने परिस्थिति केही कमजोर रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। परिस्थितिवश घरखर्च पनि बढ्नेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर स्थितमा सुधार आउनेछ भने अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment