बाँपीझ्याला, काठमाण्डौं । अप्रिल २ बाट चलचित्र रिलिज गर्न यसका मेकर तयार भएका थिए । तर, अब भारतका विभिन्न स्थानमा कोरोना भाइरसको केस बढेसँगै चलचित्र ‘सूर्यवंशी’ अप्रिल २ मा रिलिज नहुने भएको छ ।
अक्षय र रोहित सेट्टीले पनि तत्काल चलचित्र रिलिज गर्न नहुने निर्णय गरेका हुन् । महंगो बजेटमा बनेको चलचित्रलाई दर्शकको शत प्रतिशत अकुपेन्सीका साथ व्यापार हुन आवश्यक छ ।
तर, भारतको महाराष्ट्रमा पछिल्ला केही दिनदेखि कोरोनाको केस ह्वात्तै बढेको छ । यसैले पनि अब, यो चलचित्र अप्रिल २ मा नआउने पक्का भएको छ ।
योसँगै फेरि भारतमा कहिलेबाट दर्शकको चाप हलमा देखिन्छ भन्ने अनुमान लगाउन गाह्रो परेको छ ।
चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक तान्ने र यसको असर नेपाली चलचित्रमा पर्ने विश्लेषण गर्दै केही मेकरले चैत्र २७ लाई प्रदर्शन मिति तोकेका थिए । अब, नेपाली चलचित्रका मेकरलाई पनि ‘सूर्यवंशी’ अप्रिल २ मा नआउँदा समस्या पर्ने देखिन्छ ।