बाँपीझ्याला, काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो ।
बैठकले पूर्व माओवादी खेमाका ५ मन्त्रीसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन समेत गरेको थाहा हुन आएको छ ।
बैठकले विभागहरूको जिम्मेवारी पनि तोकेको छ ।
जसअनुसार स्कूल विभागको प्रमुखमा केपी शर्मा ओली, संगठन विभाग प्रमुखमा विष्णु पौडेल, प्रचार विभाग प्रमुखमा प्रदीप ज्ञवाली र संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ तथा विदेश विभाग प्रमुखमा राजन भट्टराईले जिम्मेवारी पाएका छन् । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीलाई तोकिएको छ ।
नयाँ जिम्मेवारी पाएका सबै नेता प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षका हुन् ।