Search

दोलखामा महाशिवरात्री पर्व भजनगान सहित सम्पन्न (भिडियो सहीत)

दोलखामा महाशिवरात्री पर्व भजनगान सहित सम्पन्न (भिडियो सहीत)

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, दोलखा ।
हिन्दू धर्मको प्रमुख देवताको रुपमा पुजिने महादेव, शिव, शंकर, भोलेनाथ र रुद्रेश्वर जे भने पनि पौराणिक धर्मग्रन्थका आराध्यदेवको रुपमा मानिन्छ, यस देवतालाई आदि अनादि देवको रुपमा हेरिन्छ, नेपाल, भारत, बङ्गलादेशमा विशेष महत्वका साथ यस देवताको आराधना, भजन, किर्तन, रुद्री गरिन्छ । ठाउँ अनुसारको रीतिरिवाज फरक भए तापनि स्तुतिको उद्देश्य एउटै हो कि भगवानलाई खुशी बनाएर असल फल प्राप्त गर्नु हो ।

यसै क्रममा भगवान शिवको पूजा गरिने विशेष दिन फागुन कृष्णपक्षको त्रियोदशीको दिन अर्थात यस वर्ष २०७७ फागुन २७ गते शिवरात्रि पर्व उल्लासपूर्ण मनाईएका छ । शिवरात्रिको अगिल्लो दिन देखि सबै शक्ति पिठहरुमा बत्ती बालेर जाग्राम रहेर व्रत बस्ने अनि आफ्नोतर्फबाट सकेको विधि अपनाएर महादेवको उपासना गर्नेहरूको कमि देखिएन । देवपत्तन काठमाडौंमा अवस्थित पशुपति नाथको मन्दिर परिसरमा अगिल्लो रात देखि नै पाल टाँगेर भजन किर्तन, नास्तापानी वितरण गरेर शिवको शरण पर्नेहरुको निकै ठूला भिड जम्मा भएको पाईयो ।

शिवरात्रि नेपालको उपत्यका उपत्यका भन्दा बाहीर पनी उतिकै मनाउने गर्दछन् । यही अवसरमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं २ को पिङ्गल टोलस्थित पिङ्गलेश्वर महादेवको मन्दिरको छत्रछायामा धुमधामले मनाईने प्रचलन रहेको छ ।
त्यसै गरी यसपाली पनी भव्य रुपमा मनाईएको छ । बिहानैदेखि व्रत बस्ने पूजाआजा गर्ने र बेलुकीपख धुनी जगाएर मन्दिर परिसरमा भजन किर्तन गरि नाचगान गर्ने चलन अनुसार सोही अनुसार सम्पन्न गरिएको छ ।
दोलखाको भजनमा दुईवटा भागमा विभाजन गरिएको छ । पहिलो “देशी म्ये“ (पाहुना गीत भजन) दोश्रो “टफ्फा म्ये“ (मौलिक लोक भजन) गरेर गाईन्छ । पहिलो “देशी म्ये” भजनमा संस्कृत, हिन्दी, नेपाल भाषा (काठमाडौं उपत्यकाको) भाषामा हुन्छ, जसमा राग, ताल र लयमा विविधता हुन्छ र बाजा पनि “खिँ” (ठूलो खालको मादल ) हुन्छ, अनि “छिलिमिलि“ ( सानो खालको झ्याम्टा आकारको ) बजाईन्छ । यसमा ताल भनिन सानो घण्टी आाकारको हुन्छ ।

अर्को “टफ्फा भजन” चाहिँ तबला, हारमोनियम, त्यही छिलिमिलि बजाएर जुनसुकै मौलिक लयमा ( झ्याउरे, लोक) मा गाईन्छ । पहिले पहिले पुरुषले मात्रै गाईने गरिन्थ्यो हिजोआज महिलाको पनि उल्लेखनीय सहभागी भएको पाईएको छ शायद यही नै समयको रुपान्तरण हुनसक्छ ।
त्यसैगरि सदरमुकाम दोलखाको चरिकोटमा पनि पशुपति नाथकै मन्दिरमा विशेष उल्लास पूर्ण शिवरात्रि पर्व मनाउने चलन रहेको छ ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment