Search

दोलखा तल्लो शहर श्यामसुन्दरको नारायणको मन्दिर पुनर्निमाणको पर्खाईमा

दोलखा तल्लो शहर श्यामसुन्दरको नारायणको मन्दिर पुनर्निमाणको पर्खाईमा

बालकृष्ण श्रेष्ठ, “पासा”
बाँपीझ्याला, दोलखा ।
ऐतिहासिक धरोहरले प्रख्यात ऐतिहासिक दोलखा शहरमा आफ्नै छुट्टै पहिचाहन रहेको पाईन्छ । २०७२ सालको विनासकारी भुकम्प पश्चात भग्नावशेष अवस्थामा रहेको धेरै जसो दोलखाका मठ–मन्दिर सम्पदाहरु पुनर्निमाण भईसकेको अवस्था रहेको छ । तर श्यामसुन्दर स्थित नारायणको मन्दिर पुनर्निमाणको पर्खाईमा रहेको छ ।

दोलखा जिल्लाको ऐतिहासिक धरोहर, समृद्ध नगर भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा शहरको तल्लो शहरको मध्यपश्चिम भागमा श्याम नारायणको मन्दिर रहेको छ । यसै मन्दिरमा रहेको कलात्मक कालो टलक्क टल्केको सुन्दर मूर्ति नारायण भगवानको हो ।

यसै मूर्तिलाई दृष्टिगत गरेर संस्कृतिमा श्यामसुन्दर (कालो राम्रो) नामकरण गरेको कारणले नै त्यहाँ रहेका ४ घर दूरीको टोललाई श्यामसुन्दर टोल राखिएको मान्यता रही आएको छ । विगत ४ दशक अगाडी यस मन्दिर सुन्दर झिंगटीको छानोले निकै शोभायमान देखिएको थियो । तर एकपटक नजिकै चट्याँग परेर मेघ गर्जदा थर्किएर उत्तरतिरको छानो भत्किएकोले पुननिर्माण गरिएको थियो ।

तत्कालिन समयमा त्यसै टोलबासी धन लक्ष्मी श्रेष्ठ र यता गोरे श्रेष्ठ (मंगल कृष्ण श्रेष्ठको बुबा) को सल्लाहले श्याम बहादुर श्रेष्ठ र डोकलुङाको बिष्णु बहादुर जोशीले बिना पारिश्रमिक मिलाएर छानो मर्मत गरिएको थियो । त्यस पछि फेरि पनि भत्किएकोले जस्ताको छाना लगाएको हो । फेरि २०७२ को भूकम्पले क्षतिग्रस्त भएपछी स्थानिय निकायको पहलमा पुरातत्व विभागले बनाउने भनेर नाप जाँच गर्दा हाम्रो पूर्खाको सम्पत्ति भनेर स्थानिय एकदुई जना व्यक्तिले अवरोध खडा गरेको कारणले गर्दा उक्त नारायणको मन्दिर हालसम्म पनी पुनर्निमान हुन सकि रहेको छैन । यस मन्दिर पुनर्निमाण गर्ने बारेमा स्थानिय वासिन्दाहरु बिच कुरा नमिलेपछी पुरातत्व विभागले हालसम्म बनाएको छैन ।

यसबारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठसंग कुरा गर्दा वहाँले आजभोली नै पुरातत्व विभागबाट सम्वन्धीत व्यक्तीहरु आउँदै हुनु हुन्छ । वहाँहरु आएपछी बनाउने कुरामा निधो हुन्छ र यसै गरी पहिले नै यस मन्दिर बनाउन स्थानिय निकाय र पुरातत्व बिभागको पहलमा बनाउन खोजेका थियौ तर त्यहीकै स्थानिय एजदुई जना व्यक्तीहरुको कारणले गर्दा पुनर्निमाणका कुरा मिलेको थिएन तर अव बन्छ भन्नु भयो ।

दोलखामा धेरै जसो सार्वजनिक जग्गा र यस्ता मठ मन्दिरहरु निजिकरण हुर्दै गएकोले यसबारेमा सम्वन्धीत निकायले चासो लिनु पर्ने स्थानिय वासिन्दाहरुको भनाई रहेको छ । यस बारेमा वडाध्यक्ष श्रेष्ठसंग जिज्ञासा राख्दा वहाँल भन्नु भयो सार्वजनिक सम्पती हामी सम्पूर्ण दोलखावासी हो । त्यसैले यसको संरक्षण गर्न हामी सवै आ–आफ्नो ठाउँमा लागेर सहयोग गर्नु पर्छ । त्यसै गरी वडाले मात्र चासो लिएर हुदैन त्यसैले स्थानिय वासिन्दाहरुले पनी निस्वार्थ भई सहयोग गर्नु पर्छ र सहयोग पाएको खण्डमा यो समस्या छिट्टै हल हुने बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!