२८ फाल्गुन, पीझ्याला, काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नेपालका केही स्थानमा सामान्य तथा आंशिक बदली हुने जनाएको छ । विभागका अनुसार हाल सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन २८ गते,शुक्रबार
दिउँसो : सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनि प्रदेशमा, बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
फाल्गुन २९ गते शनिबार
दिउँसो : देशभरी आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती : गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।गण्डकी, बागमती प्रदेश र प्रदेश नं १ को पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
चैत्र ०१ गते आइतबार
दिउँसो : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। बागमती प्रदेश र प्रदेश नं १का पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
राती : देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्र हावाहुरिसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।