बाँपीझ्याला, काठमाण्डौं । ह्यारी केनको दुई गोलको मद्दतले क्रोएसियन टोली डाइनामो जाग्रेबलाई हराउँदै टोटनहम हटस्पर्सले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २५ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाएका केनले ७० औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । केनले टोलीका लागि यो सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् ।
यद्यपि, खेलको अन्त्यतिर केन चोटका कारण खेल छाड्न बाध्य बनेका थिए । स्पर्सले आइतबार नर्थ लण्डन डर्बीमा आर्सनलको सामना गर्दैछ । जोसे मोरिन्होले उक्त खेलका लागि केन उपलब्ध हुने आशा व्यक्त गरेका छन् ।