अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्बुमा दुई दशक अघिदेखि जिर्ण अवस्थामा रहेको झोलुङगे पुल यस वर्ष मर्मत सम्भार गरिएको छ । प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत ८० हजार रुपैयाँ लागतमा पुल मर्मत सम्भार गरिएको हो । जिर्ण झोलुङगे पुललाई थप रड, काठ लगायतका सामग्री राखेर मर्मत सम्भार गरि हिँडडुल गर्न योग्य बनाइएको गौरिशंकर गाउँपालिका वडा नम्बर ७ मार्वुका वडाअध्यक्ष आङदोर्जे शेर्पाले बताउनु भयो ।
वडा नम्बर ७ मार्बु स्थित च्याङमर्के खोलाको झोलुङ्गे पुल मर्मत सम्भार नहुँदा विशेषगरि वर्षायाममा सोहि वडाको हुप्ची, भस्मेदेखि हिमवर्ती माध्यमिक विद्यालयमा अध्यनका लागि आउने विद्यार्थीलाई समस्या हुने गरेको थियो । वर्षायाम सुरु भएसंगै खोला बढ्ने भएकाले विद्यार्थीहरु विद्यालय सम्म जान सक्ने अवस्था थिएन ।
पुल मर्मत सम्भार भएपछि यस वर्ष भने विद्यार्थी नियमीत विद्यालय आउने अपेक्षा गरिएको हिमवर्ती माध्यमिक विद्यालयका प्रधानध्यापक शुव शेर्पाले बताउनुभयो ।
गाउँपालिकाको ९ वटा वडा मध्य वडा नम्बर ७ मार्बुमा प्राधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार सुचिमा १ सय ४० जना सुचिकृत भएका छन् ।
यस वर्ष गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत पारिश्रमिक र युवा रोेजगारका लागि १ करोड ४३ लाख ३६ हजार रुपैयाँ बजेट प्राप्त भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।