अजय प्रधान,
बाँपीझ्याला, दोलखा । राजकुलेश्वर आधारभूत विद्यालयको भवन निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले हेल्प नेपाल नेटवर्क, नेपाल र राजहिटी समाज दोलखाको सक्रियतामा “शिक्षाको लागि साइकल” मुल नारा सहित राजकुलेश्वर आधारभुत विद्यालयदेखि दिपायलसम्म साहसिक साईकल यात्रा गर्ने जानकारी थाहा हुन आएको छ ।
फाल्गुण २९ गते विहान ७ बजे स्कुलको प्राङ्गनबाट शुरु गरी १२ दिनसम्म गरिने उक्त साईकल यात्राको लागि तयारी भईसकेको जानकारी स्कुलका प्रधानध्यापक प्रकाश दाहालले बताउनु भयो ।