Search

सन् २०३० सम्ममा आर्थिक वृद्धिदर एक सय खर्ब पुर्‍याउने उद्योग वाणिज्य महासंघको घोषणा

सन् २०३० सम्ममा आर्थिक वृद्धिदर एक सय खर्ब पुर्‍याउने उद्योग वाणिज्य महासंघको घोषणा

बाँपीझ्याला, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधारको खाकासहित एक दशक लामो योजना प्रस्तुत गरेकोे छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वको महासंघको नयाँ कार्यसमितिले एक सय दिन पुरा गरेको अवसरमा मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै समितिले सो समयमा भएका कार्यप्रति र भावी रणनीतिक योजना सार्वजनिक गरेको हो । महासंघले निजी क्षेत्रको विकाससँगै अबको एक दशकभित्र मुलुकको आर्थिक वृद्धिदर एक सय मिलियन डलर अर्थात् एक सय खर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखिएको जनाएको छ । हाल मुलुकको आर्थिक वृद्धिदर करिब (पछिल्लो तथ्याङ्कअनुसार) ३९ खर्ब रहेको छ ।

निजी क्षेत्रको विकाससँगै मुलुकको आर्थिक सम्बृद्धिको लक्ष्य राखेको महासंघले दशक लामो भिजन पेपर समेत तयार गरेको जनाएको छ । आर्थिक पक्षसँग सम्बन्धित सुधार गर्नुपर्ने र हेरफेर गर्नुपर्ने प्रमुख १०० मुद्दाहरु समेटेर महासंघले भिजन पेपर तयार गरेको र कार्यसमितिबाट पार गरेर कार्यान्वयनमा लैजाने तयारीमा रहेको अध्यक्ष गोल्छाले बताए ।

जसमा १० मुख्य प्राथमिकताका क्षेत्र समेटिएको र अन्य थुप्रै व्यवसायिक सरोकारका विषयहरु समेटिएको अध्यक्ष गोल्छाले बताए । राष्ट्रिय आर्थिक रुपान्तरणका लागि मार्ग दर्शन ( भिजन पेपर) २०३० को रुपमा अघि सारेको महासंघको भिजन पेपरमा सन् २०३० को दशक भित्र विश्वमा विभिन्न देशलाई हेर आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र , उद्योग , उत्पादन सेवा क्षेत्रलाई आवश्यक र महत्त्वका हिसावले प्राथमिकीकरण गर्ने, लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना बनाइएको छ ।

यसका साथै महासंघले मुलुकमा निजी क्षेत्रको विकाससँगै प्रयाप्त कल कारखानाको विकास गर्दै प्रति वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना गर्ने महत्वाकांक्षी योजना समेत अघि सारको छ । गत मंसिर १२ गते साधारणसभा गरेको महासंघले १३ गते निर्वाचनमार्फत पदाधिकारीहरु चयन गरेको र त्यसलगत्तै १५ गतेबाट काम शुरु गरेको समितिले सय दिनमा महासंघको आन्तरिक सुधारका साथै कार्य योजनामा उल्लेखनीय काम गरेको जनाएको छ ।
महासंघको सचिवालयको सुधार, विभिन्न कार्य समितिहरूको गठन र जिम्मेवारी बाँडफाँड लगायतका काममा उल्लेखनीय काम भएको अध्यक्ष गोल्छाले बताएका छन् ।

महासंघले विधान संशोधन गर्ने
उद्योग वाणिज्य महासंघले संस्थागत सुधारसँगै संस्थाको विधमान विधानसमेत सुधार गर्ने कार्यअघि बढाएको अध्यक्ष गोल्छाले बताएका छन् । ‘विधान एउटा गतिशील डकुमेन्ट हो, समयानुसार यसको परिवर्तन र परिमार्जन हुँदै जानुपर्छ । यसलाई ध्यानमा राख्दै महासंघको नयाँ कार्यसमितिले संस्थाको विधान संशोधन गर्ने नीति बनाएको छ । यसका लागि महासंघले विधान संशोधन समिति समेत बनाइसकेको छ ।’ अध्यक्ष गोल्छाले भने, ‘विधान संशोधन समितिको जिम्मेवारी महासंघकै पूर्व अध्यक्ष कुशकुमार जोशीलाई दिएका छौं । यसको काम अब छिट्टै अघि बढ्छ । विधान संशोधनपछि महासंघका अप्ठेराहरु, कठिनाईहरु निराकरण हुँदै सहज रुपमा गतिविधिहरु अघि बढ्छन् भन्ने हाम्रो अपेक्षा हो’ गोल्छाले भने ।

साथै महासंघले नीतिगत सुधारका कामहरूसँगै भौतिक सुधारका कामहरु समेत अघि बढाएको अध्यक्ष गोल्छाले जानकारी दिए । एकसय दिनभित्र महासंघमा सुदृढीकरणको काम भएको, सचिवालय सुधारको काम हुँदै गरेको र महासंघको अत्याधुनिक नयाँ भवन निर्माणको प्रक्रिया समेत अघि बढिसकेको अध्यक्ष गोल्छाले जानकारी दिए । जसका लागि भवनको नक्सा पास भैसकेको र भवन निर्माण कार्य समिति समेत बनिसकेको अध्यक्ष गोल्छाले जानकारी दिए ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment