Search

लघुकथा : आस्था र विश्वास

लघुकथा : आस्था र विश्वास

धेरै पहिलेको कुरा हो । आस्था र विश्वास घनिष्ठ साथी थिए । उनीहरू एकको अनुपस्थितमा अर्काको औचित्य देख्दैनथे । उनीहरू सँगै बस्ने, सँगै खाने, सँगै घुम्ने गर्दथे । एकदिन घुम्दाघुम्दै धेरै टाढा पुगेछन् । सागरको किनारमा बसी गफ गर्दागर्दै विश्वासलाई समुद्र पारी के रहेछ भनेर हेर्ने इच्छा जाग्यो ।

आस्थालाई छिट्टै आउँछु पर्खि बस्नु भनेर गयो । तर, विश्वास फर्किदै फर्केन ।
लामो समयको बियोगले विक्षिप्त आस्थालाई विश्वास विनाको जीवनको सार नै लागेन ।

केही समयको पर्खाई पश्चात् विस्वासलाई खोज्ने निर्णय लिएर आस्था समुद्र पारी तर्दै थिइन् । त्यस पछि उनी विलुप्त भइन् । तिनीहरू प्रति प्रेम राख्नेहरुले निकै समय कुरे, कुरिरहे तर न विश्वास फक्यौ न उसको कारण हराएको आस्था नै फर्किइन् । अहिले पनि धेरै ठाउँमा आस्था र विश्वासको खोजि त हुन्छ तर भेट्न धेरै गा¥हो छ, भन्छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!