Search

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवरमा आईसिटी महिला सम्मेलन सम्पन्न

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवरमा आईसिटी महिला सम्मेलन सम्पन्न

२३ फाल्गुण, बाँपीझ्याला, काठमाण्डौं । १११ औं अन्तर्राष्ट्रिय दिवशको अवरमा आईसिटी महिला सम्मेलन ७ मार्च २०२१ मा सुचना प्रविधीमा महिला (WIIT), Girls in tech Nepal र SAP Nepal को संयुक्त आयोजनामा आईसिटी महिला सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
चुनौती छनौट विषयमा आयोजित यस कार्यक्रमको अध्यक्षतामा सूचना प्रविधीमा महिलाको अध्यक्ष गुणकेशरी प्रधानले गर्नु भएको थियो । दिउँसो १२ बजेदेखि ४ बजेसम्म बबरमहल स्थित SAP Nepal को कार्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।


कार्यक्रममा मेडिसफ्ट नेपाल प्राईभेट लिमिटेडका मुख्य कार्यकारी अधिकारी डा. प्रणीता उपाध्यायलाई विशेष अतिथीको रुपमा आमन्त्रण गरिएको थियो । साथै उक्त कार्यक्रमको उद्घोषण शिखा श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको मुख्य उद्देश्य बिभिन्न आईसिटी क्षेत्रका लैङ्गीक समानता ल्याउनको लागि के कस्तो समस्या र अवसरहरु सम्वन्धी छलफल गर्न सहभागी महिलाहरु बीच समुहगत निचोड निकाल्न महिलाहरुलाई सामाजिक सञ्जाल, कर्पोरेशन, शिक्षा विद्, उद्यमशिलता र गैर नाफामुलक संस्था गरी समहुमा छुट्याईएको थियो ।

अर्को विशेष अतिथी सुक हुनचिय, महाप्रबन्धक दक्षिण पूर्व एशिया न्यु मार्केट माईक्रोसफ्टले अनलाईनमा उपस्थित भई युवाहरुलाई उनको सफलताको कहानी साझा गरेर संकुचित मानसिकतालाई चुनौती दिन रोज्न प्रेरित गर्नु भयो । डिजिटल डिभाईडर कम गर्न कोभिडको अवस्थाले पनी सहयोग हुन सक्ने सम्भावनालाई समेट्न सक्षम भएमा आसिटीको महिलाको सहभागीता घनिष्ठ रुपान्तरण हुने सम्भावना रहेको बताउनु भयो ।

यसै गरी राउन्ड टेबल सेसनमा विभिन्न महिला समूहले महिला, व्यवसाय, कर्पोरेसन, शिक्षाविद्, सामाजिक मिडिया र गैर–सरकारी संगठनमा आइपर्ने अवसर र अवरोधहरूका बारेमा छलफल गरी प्रस्तुत गरिएको थियो ।

कार्यक्षेत्र सन्तुलन, उत्पीडन, आदर्श मोडेलको अभाव, निर्णय लिने स्थितिमा महिलाको कम सहभागिता र अन्य धेरै चुनौतिहरूको चुनौतीका साथ प्रत्येक क्षेत्रमा भेदभावपूर्ण सामाजिक मान्यताहरूद्वारा निर्देशित समाजको संकुचित मानसिकता साझा चुनौतीको रूपमा खडा भएको छ । त्यसैले आत्म–चिन्तनको पक्षमा, महिलाले समाजबाट प्राप्त गर्ने प्रतिक्रियाहरूको बारेमा सोच्दै आफ्नो उपलब्धि बाँड्न नचाहने अर्को ठूलो चुनौती रहेको छ । यस्ता चुनौती रहन्दा रहन्दैपनी महिलाहरुको अठोट कोशिस तथा चुनौतीहरुलाई स्विकारेर यस क्षेत्रमा अघि बढेको पनी सहारायिन छ भनी निष्कर्श निकालिएको थियो ।


कार्यक्रमको अन्त्यतिर, Girls in tech का प्रतिनिधि, सृष्टीले स्कुल विद्यार्थीहरूलाई रुचि विकास गर्न र उनीहरूको टेक्निकल सीप र ज्ञान बढाउँदै आईसीटी क्षेत्र छनौट गर्न प्रोत्साहित गर्ने बचन बद्धता गर्नु भयो । जबकि WIIT का महासचिव दिबेश्वरी डालीले ग्रामीण महिलाको डिजिटल सशक्तिकरणलाई भविष्यमा हुने संलग्नतालाई जोड दिने बचन दिनु भयो । यसै गरी श्रीमती शिला कान्साकार कार्की, WIIT का उपाध्यक्षले धन्यवाद दिनु भयो ।


कार्यक्रमका उद्घोषक शिखा श्रेष्ठले महिला सशक्तिकरण मार्फत विश्वव्यापी लैङ्गीक समानताको लक्ष्य हासिल गर्न “समाजको साँघुरो मानसिकतालाई चुनौती दिने छनौट“ भन्ने अभिव्यक्ति र साझा प्रतिबद्धतासहित कार्यक्रमको समापन गर्नु भयो ।
करिव ६० किशोरीहरु, महिला र पुरुषहरूले यस आईसीटी महिला सम्मेलनमा सक्रियताका साथ भाग लिएका थिए । साथै यस कार्यक्रमको सम्पूर्ण प्रस्तुती फेसबुकको माध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment