बाँपीझ्याला, काठमाण्डौं । छिजि द्वाल्खा डोवरको आयोजनामा आज विश्व नारी दिवसको अवसरमा काठमाण्डौं सामाकोसी स्थित मानव सेवामा आश्रीत आमाहरुको लागि दिवा भोजनको आयोजना गरिएको छ ।

जन्म माईतघर दोलखा भएर कर्मघर दोलखा भन्दा बाहिर रहेका दोलखाका म्यासमुचाहरुको छाता संगठन छिजी द्वाल्खा डोवरका संयोजक रिना चाकुबजी श्रेष्ठको संयोजन, द्वाल्खा म्यासमुचा खलकका संस्थापक अध्यक्ष अञ्जु श्रेष्ठ, छिजि द्वाल्खा डोवरका सदस्यहरु विमा प्रधान शाक्य, कल्पना श्रेष्ठ महर्जन, सन्तोषी श्रेष्ठ मानन्धर, माला श्रेष्ठ महर्जन, शोभा श्रेष्ठ, युवा समाजसेवीहरु बालकृृष्ण श्रेष्ठ, शंकर श्रेष्ठ पत्रकारहरु कृष्ण नारायण श्रेष्ठ र त्रिलोचन प्रधानको विशेष सहयोग र सक्रियतामा आजको दिवा भोजनको आयोजना गरिएको छिजि द्वाल्खा डोवरका संयोजक रिना चाकुबजी श्रेष्ठले बताउनु भयो ।

यसै गरी जन्मघर ऐतिहासिक शहर दोलखा भएर कर्मघर बैबाहिक सम्वन्ध गाँसेर बाहिर जिल्लामा गएर बसेका द्वाल्खाका चेलीबेटी म्यासमुचाहरुलाई आफ्नो जन्मथलो सम्झेर सेवा र सद्भावले अगाडी बढी द्वाल्खाको सामाजिक कार्यमा अग्रसर हुन म्यासमुचाहरुको छाता संगठन छिजी द्वाल्खा डोवरमा आवद्ध हुन पनी संयोजक रिना चाकुबजी श्रेष्ठले विशेष जानकारीका साथ अनुरोध गर्नु भएको छ ।
