Search

म नेकपाको साधारण सदस्य होईन, कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानु : प्रधानमन्त्री ओली

म नेकपाको साधारण सदस्य होईन, कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानु : प्रधानमन्त्री ओली

बाँपीझ्याला, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुन पार्टीको हो भनेर सोध्न सर्वोच्च अदालत जान प्रचण्ड-नेपाल पक्षलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको आइतवारको बैठकमा सांसद भीम रावलले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफू नेकपाको साधारण सदस्य पनि नरहेको बताए ।

‘हिजो प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराख्या थ्यो, मैले उहाँहरूलाई सोध्नु नपरोस् तपाईंहरू कुन पार्टीको ?’ ओलीले भने, ‘मलाई नेकपाको साधारण सदस्यबाट निकाल्या रे ! म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो नि त म कुन पार्टीको सदस्य हो, कुन पार्टीको अध्यक्ष हो ।’

नारी दिवसका अवसरमा सोमवार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थपे, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाऊँ रे ! सर्वोच्चमा सोध्न जानु कुन पार्टीको हो ।’

उनले आफूले हारे पनि सर्वोच्चको फैसलाको सम्मान गर्ने बताए । ‘एउटा फैसला गर्‍यो अदालतको जयजयकार, अर्को फैसला के गर्‍यो राजनीतिमा हात हाल्न पाइन्छ !’ प्रचण्ड-नेपाल पक्षप्रति कटाक्ष गर्दै ओलीले भने, ‘मैले त जुन पनि मुद्दा हारिराख्या छु । मान्या छु ।’

सर्वोच्च अदालतले आइतवार ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिँदै एकता अघिका एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

Written by 

Related posts

Leave a Comment