Search

५७ का अभिनेता निकोलसको २६ वर्षकी गलफ्रेण्डसँग ५ औं विवाह

५७ का अभिनेता निकोलसको २६ वर्षकी गलफ्रेण्डसँग ५ औं विवाह

बाँपीझ्याला, काठमाण्डौं, लण्डन । फिल्म ‘घोस्ट राइडर’ अभिनेता निकोलस केज पछिल्लो समय चर्चामा छन् । अहिले चर्चाको बिषय उनको विवाह बनेको छ । ५७ वर्षका केजले केही समय अगाडि रीको शिबाटासँग विवाह गरेका हुन् । विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । समाचारकाअनुसार केज र उनकी प्रेमिका रीकोले जापानी र अमेरिकी परम्पराअनुसार विवाह गरेका थिए ।

केही अतिथि समेत सहभागी विवाह समारोहको तस्बिरमा रीको जापानिज परम्पराको बेहुली पहिरनमा देखिएकी छन् । रीको जापान निवासी हुन् । निकोलसको यो ५ औं विवाह हो । यस अगाडि उनको ४ विवाह टुटेको थियो । विवाहमा उनका ४ पूर्व पत्नी पनि सहभागी थिए । विवाह समारोह लास वेगसको ब्यान होटलमा आयोजना गरिएको थियो ।

निकोलस र रीकोले १६ फेब्रुअरी २०२१ मा विवाह गरेका थिए । विवाहको तस्बिर अहिले भर्खर बाहिर आएको हो । १६ फेब्रुअरी २०२१ निकोलसको स्वर्गिय पिताको जन्मदिन पनि हो । निकोलसले यो दिनको सम्झना राख्न आफ्नो विवाह समारोह यसै दिन आयोजना गरेको बताइएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment