Search

खुलाइन् परिणीतिले विगतका तथ्य

खुलाइन् परिणीतिले विगतका तथ्य

बाँपीझ्याला, काठमाण्डौं, एजेन्सी । बलिउड अभिनेत्री परिणीति चोपडा अहिले आफ्नो नयाँ फिल्म ‘द गर्ल अन द ट्रेन’का कारण चर्चामा छिन्। यो फिल्म नेटफ्लिक्समा रिलिज भएको हो। फिल्ममा उनको अभिनयको निकै तारिफ भइरहेको छ। यसबीच परिणीतिको एउटा अन्तर्वार्ता निकै भाइरल भइरहेको छ।

यो अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेकी छन्। नेटफ्लिक्सको आधिकारिक इन्स्टाग्रामबाट परिणीतिको भिडियो सेयर गरिएको छ जसमा उनले आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका तथ्य सार्वजनिक गरेकी छन्।

भिडियोमा उनले आफू अहिलेसम्म डेटमा नगएको खुलासा गरेकी छन्। १८ वर्षको उमेरमा आफूले कसैलाई चुम्बन गरेको पनि उनले बताएकी छन्।

परिणीतिले ‘द गर्ल अन द ट्रेन’बाट डिजिटल डेब्यु गरेकी हुन्। फिल्ममा उनको साथमा अदिति राव हैदरी, कीर्ति कुल्हारी र अविनाश तिवारीले अभिनय गरेका छन्। फिल्मको निर्देशन रिभु दास गुप्ताले गरेका हुन्। फिल्म यही नाममा रिलिज भएको हलिउड फिल्मको रिमेक हो।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!