३ फाल्गुन, बाँपीझ्याला, रासस नयाँदिल्ली । कोरोना भाइरसका कारण भारतमा थप १८ हजार तीन सय २७ जना संक्रमित भएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा अरू एक सय आठजनाको मृत्यु पनि भएको यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ११ लाख ९२ हजार ८८ पुगेको अधिकारीहरूले जनाएका छन् । कुल संक्रमितमध्ये एक लाख ८० हजार तीन सयजना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् ।
भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म एक लाख ५७ हजार ६ सय ५६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको
छ । सरकारी अधिकारीका अनुसार यही ५ मार्चका दिनसम्म २२ करोड ६ लाख ९२ हजार ६ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ । तीमध्ये सात लाख ५१ हजार नौ सय ३५ जनाको परीक्षण शुक्रबार मात्रै गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले जनाएको छ ।
भारतमा देशभरि अहिलेसम्म एक करोड ९४ लाख ९७ हजार ७०४ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
रासस/एएनआई